गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, शिक्षा, स्वास्थ्यवर्षासंगै परेको भारी असिनाले अर्घाखाँचीका विभिन्न ठाउँमा अन्तबाली एवं तरकारीखेती नष्ट

वर्षासंगै परेको भारी असिनाले अर्घाखाँचीका विभिन्न ठाउँमा अन्तबाली एवं तरकारीखेती नष्ट

March 15, 2016२११ पटक

अर्घाखाँची, चैत्र २ गते । वर्षासंगै परेको भारी असिनाले अर्घाखाँची जिल्लाभर अन्तबाली एवं तरकारीखेती नष्ट पारेको छ । सोमबार परेको असिनाले भित्र्याउने अवस्थामा रहेको मसुरो, गहुँ, जौं, चना, केराउ आदिको बाली नष्ट पारेको हो ।
असिनाबाट सबैभन्दा बढी क्षति सन्धिखर्कका आसपासका गाविसमा पुगेको छ । सन्धिखर्क नजिकका अर्घा, खाचिकोट लगायत गाउँमा ठुलो अन्न तथा तरकारीबाली क्षति भएको छ । जिल्लाका कयौ ठाउँमा टमाटर, भिन्डि, सिमि, आलु, बोडी, खुर्सानी, प्याज जस्ता तरकारीबाली र खाद्यान्न अन्तरगत चना, केराउ, गहुँ, मसुरो असिनाले सखाप पारेको बताइएको छ । गाउँ गाउँका कयौ सडकहरु भात्किएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण