गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचार, शिक्षा, स्वास्थ्यप्रमुख जिल्ला अधिकारी सहितको टोली द्धारा वामीमा कृषि गतिबिधिहरुको अनुगमन

प्रमुख जिल्ला अधिकारी सहितको टोली द्धारा वामीमा कृषि गतिबिधिहरुको अनुगमन

March 16, 2016२८५ पटक

अनिश गैरे
गुल्मी, चैत्र ३ गते ।
लक्ष्मीनारायण महिला कृषि सहकारी संस्थाको गुल्मीका प्रमुख जिल्ला अधिकारी सहितको एक समुहले निरिक्षण तथा अनुगमन गरेको छ । गाबिस भित्र रहेका कृषि सम्बद्ध संस्था एबम् महिला समुहहरुद्धारा गरिएका कृषि जन्य कामहरुको अनुगमन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल, स्थानीय बिकास अधिकारी डिलाराम पन्थी, बरिष्ठ जनस्वास्थ्य अधिकृत, महिला बिकास अधिकृत, बरिष्ठ कृषि बिकास अधिकृत चेतनारायण पाण्डे, पशु सेबा कार्यालय प्रमुख गौरीमान श्रेष्ठ, जिल्ला शिक्षा कार्यालय बाट पिताम्बर पन्थी, उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष अखिलेश्वर पाण्डे, पत्रकार महासंघका अध्यक्ष नवराज भुषाल, गैर सरकारी संस्थाका प्रतिनिधि, आशा अपाङ्ग केन्द्रका उपाध्यक्ष गँगा रायमाझी, महिला तथा बालबालीका कार्यालयका कर्मचारी लगायतको उपस्थिती लक्ष्मीनारायण महिला कृषि सहकारी सस्था, वामी ५ का महिलाहरुद्धारा वामी ५ मा गरिएको आलु खेती, मालारानीको मौरी पालन लगायतको अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा वामी १ पल्टारमा सहकारी संस्थाद्धारा आयोजना गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कंडेलले यस्ता सहकारीहरुले महिलाहरुको लागी आत्मनिर्भरमा निकै हौसला प्रदान गरेको बताउनुभएको थियो । सहकारी संस्थालाई अझै अगाडी बढ्न आग्रह गर्दै आफुबाट सदैब सहयोग हुने बताउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण