गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, स्वास्थ्यसन्धिखर्कमा १४ वर्षीय बालिकाद्धारा आत्महत्या

सन्धिखर्कमा १४ वर्षीय बालिकाद्धारा आत्महत्या

March 17, 2016१४० पटक

अर्घाखाँची, चैत्र ४ गते । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको किमडाँडामा एक बालिकाले झुण्डिएर आत्महत्या गरेकी छन् ।
सन्धिखर्क नगरपालिका वडा नं. १० किमडाँडाकी १४ वर्षीय बालिकाले बुधवार आफ्नै घरमा आत्महत्या गरेकी हुन् । चुत्राबेशी स्थित जनज्योती उच्च माविमा कक्षा ९ मा अध्ययनरत छात्रा शुसीला परियारले बुधवार विधालयमा परीक्षा दिएर फर्केपछि साँझ करिव ४ बजे तिर आफ्नो घर कोठाको दलीनमा कोही नभएको मौका छोपी रातो कपडाको सलले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिईन ।
मृतक छात्राका बाबु, आमा एक दिदी एक बहिनी र एक भाई छन् । आत्महत्याको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुसीलाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण