अधिकारीचौरमा घाईते बँदेलको आक्रमणबाट बृद्ध परियार गम्भीर घाईते, पोखरामा उपचार हुँदै
छविलाल पाण्डे, बुर्तिवाङ २०७२ चैत ४ । अधिकारीचौर गाविसमा घाईते बँदेलको आक्रमणबाट एक बृद्ध गम्भीर घाईते भएका छन् ।
अज्ञात शिकारीले प्रहार गरेको गोली लागेर घाईते भएर छटपटाईरहेको बँदेलले बाटोमा हिँडिरहेका अधिकारीचौर १ का ८० वर्षिय नन्दलाल बिक आक्रमण गर्दा बृद्धको अवस्था गम्भीर बनेका छ ।
अधिकारीचौर गाविसको वडा न १ र ३ को सिमानामा पर्ने साततले सामुायिक वनमा पहिचान खुल्न नसकेका ब्यातिmहरुले हानेको गोली लागेर घाईते भई छटपटाहटको अबस्थामा रहेको बँदेलले विकलाई आक्रमण गरेको स्थानीयले बताएका छन् ।
बँदेलको आक्रमणबाट दाँया कोखमा गम्भिर चोट लागेका बिकलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भब नभएपछि पोखरा स्थित गण्डकी अस्पत्तालमा रिफर गरिएको स्वास्थ्य केन्द्रले जनाएको छ । शिकारीको गोली लागी घाईते भएको बँदेलको हिँजै मृत्यु भएको छ । ईलाका वन कार्यालय बुर्तिवाङले मरेको बँदेललाई गाडेको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङले बँदेलको शिकार गर्नेहरुको खोजी गरिरहेको जनाएको छ ।