गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, विशेष, शिक्षाकेरा संसारबाटै लोप हुने खतरा

केरा संसारबाटै लोप हुने खतरा

March 20, 2016१८६ पटक

Image result for माइकल जातको केराकाठमाडौं ७ चैत = सबैभन्दा स्वादिष्ट र पोषिलो ग्रस माइकल जातको केरा संसारबाट ७० वर्षअघि नै लोप भयो । ‘पानामा डिजिज’ नामक ‘फंगस’ ढुसी को फैलँदो संक्रमणले क्याभेन्डिस जातको करा पनि विश्वबाटै हराउने खतरा एक अध्ययनले औंल्याएको छ ।

ग्रस माइकललाई सखाप पार्ने पानामा डिजिजको ट्रपिकल रेस वाले यसअघि क्याभेन्डिसलाई छुन सकेको थिएन जसकारण अहिलेसम्म यो जातको केरा व्यवसायिक रूपमा चल्तीमा छ । अहिलेसम्म विश्व बजारमा ९९ प्रतिशत भाग यसैले ओगटिरहेको छ ।

ट्रपिकल रेस वानकै परिवर्तित प्रजाति ट्रपिकल रेस फोरले भने क्याभेन्डिसमाथि पनि धावा बोलिरहेको छ ।

अध्ययन अनुसार दक्षिणपूर्वी एसियाली देशका नब्बेको दशकबाट क्याभेन्डिसमा यो संक्रमण दिखिएकोमा अहिले अफ्रिका र अस्ट्रेलियाका केरामा समेत फैलिएको पाइएकोले वैज्ञानिकहरुले केरा लोप हुने खतरा औल्याएका हुन् । नागरिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण