गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार, विशेष, शिक्षा, सूचना प्रविधी, स्वास्थ्यआज दिन र रात बराबरी

आज दिन र रात बराबरी

March 20, 2016३६२ पटक

चैत ७ । आज सूर्य भु–मध्यरेखाको ठिक माथि पर्न आउने भएकाले दिन र रात बराबरी हुन्छ ।
आजको दिनलाई अंग्रेजीमा ‘भरनल इक्वेनक्स’ भनिन्छ र ज्योतिष शास्त्रमा विषुवत् भनिन्छ । ज्योतिष डा। सुनील सिटौलाका अनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनहरु मध्ये एक मेष विषुवत् दिन हो ।
डा.सिटौलाका अनुसार आज ध्रुव वाहेक अन्य सबैतिर दिन र रात बराबर हुन्छ । भोलीबाट उत्तरी गोलार्धमा रात भन्दा दिन लामो र दक्षिणी गोलार्धमा दिन भन्दा रात लामो हुन थाल्छ ।
सूर्यको किरण पृथ्वीमा पर्ने चार भौगोलिक दिनहरुमा मेष विषुवत, दक्षिणयन आरम्भ, तुला विषुवत र उत्तरायण आरम्भ हुने दिनहरु पर्दछन् । जसलाई आधार मानेर राशिचक्र गणना र ऋतु परिवर्तन हुने गर्दछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण