गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचार, समचार, समाचारहरु, स्वास्थ्यढोरका किसानलाई आलु लगाउने चटारो

ढोरका किसानलाई आलु लगाउने चटारो

March 20, 2016२९९ पटक

दिलमायाँ अदै
बुर्तिवाङ, चैत ७ । बोवाङ गाविसको ९ ढोरमा यतिबेला स्थानीयहरुलाई आलु खेती लगाउन भ्याई नभ्याई छ । ढोरवासीको प्रमुख खाद्यबालीको रुममा लिईने आलु रोप्ने यस सिजनमा बोवाङ, अधिकारीचौर लगायतका गाविसहरुबाट स्थानीयहरु ढोरमा पुगिसकेका छन् ।

केहि दिन देखी आलु रोप्ने काम सुरु गरेका छौँ । यहि चैत १५ गते सम्ममा ढोरमा आलु रोपी सकिन्छ स्थानीय कल्पना थापाले धौलाश्रीलाई भनिन् जेठ महिनामा आलु गोड्ने काम गर्छौँ र असारमा माटो दोर्साउनु पर्छ ।
आलु कहिले सम्ममा खान हुन्छ त रु धौलाश्रीको प्रश्नमा उनले भनिन् असार महिनाको २२ गतेबाट खाने प्रचलन छ, बाली स्याहार्ने आलु खन्ने काम भने भदौ महिनामा गरिन्छ ।

आलु रोप्न खेतलाहरु पाइन्छन् रु भन्ने प्रश्नमा उनले भनिन् ज्याला मजुरीमा काम गर्ने मानिसहरु कम पाईन्छन त्यसैले हामीहरु मिलेर ७।८ जनाको टोली बनाउछौँ र पर्म लगाएर आलु रोप्ने गछौँ । हिँजो हामीहरु निर्जना थापाकोमा पर्म गएर आलु रोप्यौँ, आज अर्कै साथीकहाँ गएर रोप्छौँ । ज्यालामा मानिस खोज्दा एक दिनको ६ सय रुपयाँ दिनु पर्छ ।

ढोरको आलु निकै स्वादिष्ट हुने हुनाले यसको माग पनि धेरै छ । यातायातको सुविधा पुगेपछी यहाँको आलु राजधानी लगायत देशका विभिन्न भागमा पुग्न थालेको छ । ढोरमा सामान्यत एक पाथी आलुको मुल्य १ सय रुपयाँ पर्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण