गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्यट्रकको ठक्करबाट दगातुम्डाँडाका थापाको ज्यान गयो

ट्रकको ठक्करबाट दगातुम्डाँडाका थापाको ज्यान गयो

March 20, 2016२०० पटक

रुपन्देही, चैत्र ७ गते । रुपन्देहीको बुटवलमा मिलनचोकमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालक बाग्लुङ्ग दगातुनडाँडा घर भई बुटवल उपमहानगरपालिका वडा नं। १६ मा बस्दै आएका ४० वर्षिय हरि थापाको ज्यान गएको हो ।
मिनलचोकबाट राजमार्ग चौराहतर्फ जाँदै गरेको लु। १ ख ५८५० नं। को ट्रकको ठक्करबाट सोहि दिशातर्फ जाँदै गरेको लु। २२ प १९८६ नं। को मोटरसाईकलमा सवार थापाको ज्यान गएको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
ट्रकको चक्कामुनी टाउको चेपिन पुगेका थापाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको थप अनुसन्धान पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण