गृहपृष्ठ » अन्तर्राष्ट्रिय, अार्थिक, कृषि, बिचार/ब्लग, मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्यराजनैतिक प्रभावमा काम हुने छैंन्ः गुल्मी प्रहरी प्रमुख

राजनैतिक प्रभावमा काम हुने छैंन्ः गुल्मी प्रहरी प्रमुख

March 20, 2016४५२ पटक

प्रेम सुनार
गुल्मी चैत्र–७ । पहिलो पटक गुल्मीमा एसपीको दरवन्दीमा जिल्ला प्रहरी प्रमुखको कार्यभार सम्हाल्न आएका (एसपी) प्रहरी उपरीक्षक भोलाबहादुर रावलले राजनैतिक दववा र प्रभावका आधारमा आफुले काम नगर्ने दावि गरेका छन् ।sp आज गुल्मी जिल्लाका क्रियाशिल पत्रकारहरु संगको भेटमा जिल्ला प्रहरी प्रमुख रावलले भने–‘ राजनैतिक दवाव वा प्रभावमा काम गर्ने छैनौं तपाईहरु निश्चीत हुनुहोस् ।’
उनले पहिलो प्राथामिकता संगठनको आन्तरिक शुद्धिकरणलाई दिने बताए । भने – ‘ पहिला प्रहरी आफै ठिक हुन पर्छ र वल्ला जनताले प्रहरी बाट पाउने न्याय र शान्ति सुरक्षा पाउने छन् हामी त्यस तर्फ लागेका छौं ।
‘ ३ सय ९० जनाको गुल्मीमा प्रहरीको दर्वन्दी छ तर आचरण र व्यवहार ठिक भएका प्रहरी हुन्छन भने त्यो भन्दा कम सख्या भए पनि पुग्छ ’–उनले भने–‘ त्यस कारण हामी प्रहरी संगठनको शुद्धिकरणमा लाग्दैछौं । ’ उनले कुनै पनि प्रहरीले गलत काम गरेको सुचना दिए आफुले तत्काल कार्वाही गर्ने चेतावनी दिए ।
उनले अनुसन्धानमा रहेका पुराना अपराधिक घटनको छानविन गर्ने, बढ्दो आत्मा हत्याका घटनका विषयमा अनुसन्धान र जनचेतना मुलक कार्यहरु गर्ने बताए । यस अघि यस जिल्लामा डिएसपी जिल्ला प्रहरी प्रमुख रहँदै आएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण