गृहपृष्ठ » अार्थिक, कृषि, बिचार/ब्लग, मुख्य समाचार, स्वास्थ्यरुपन्देहीका विभिन्न ७ बालगृहबाट ८ बालबालिका गायब

रुपन्देहीका विभिन्न ७ बालगृहबाट ८ बालबालिका गायब

March 21, 2016४०७ पटक

८ चैत, भैरहवा । रुपन्देहीमा रहेका आवासीय बालगृहमा रहेका ८ जना बालबालिका अवस्था अज्ञात रहेको पाइएको छ । जिल्लामा रहेको ७ वटा आवासीय बालगृहमा आश्रति बालबालिकाहरुको अवस्थाबारे सार्वजनिक भएको प्रतिवेदनमा ८ जना बालबालिका अवस्था अज्ञात देखिएको हो ।अध्ययनको क्रममा जिल्लामा संचालनमा रहेको सातवटा बालगृहहरुमा २ सय ८२ जना बालबालिका हेरचाहमा रहेको भेटिए पनि हालको अध्ययनमा बालगृहमा जम्मा २ सय ७४ बालिबालिका मात्र संरक्षित रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
केन्द्रिय बाल कल्याण समिति २०७१ को नेपाली बालबालिकाको स्थिति अनुसार रुपन्देहीका बालगृहमा १ सय १८ बालिका र १ सय ६४ बालक गरि २ सय ८२ जना हुनुपर्नेमा ८ जना बालबालिका कम देखिएका छन् । प्रतिवेदनमा १ जना बालिका र ७ जना बालकको अवस्थाबारे केही उल्लेख गरिएको छैन ।
प्रतिवेदन अनुसार आवासीय बालगृहहरु मध्ये सबै भन्दा बढी १ सय ५० जना बालबालिका एसओएस बालग्राममा र सबै भन्दा कम ९ जना बालबालिका रुद्रपुर अनाथ आश्रममा आश्रति छन् । बालगृहमा संरक्षित बालबालिका ७ देखी ११ बर्ष उमेरसमूहका धेरै छन् ।
रुपन्देहीमा २०७१ बैशाख २१ गते देखि २६ गते सम्म स्थलगत अन्तरवार्ता, सरकारी निकायका सरोकारवाला समुह लगायतको बिषयगत कार्यालयहरुसँगको समन्वयमा प्रतिवेदन तयार गरिएको “मेरो हेरबिचार गर्नुहोस !” परियोजनाकी संयोजक तथा एसओएस बालग्राम नेपालकी नायव निर्देशक सुष्मा पोखरेलले बताइन् ।
एसओएस बालग्राम नेपाल र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयुक्त प्रकाशनमा एसओएस बालग्रामको “मेरो हेरबिचार गर्नुहोस १” अभियान अन्र्तगत रुपन्देही जिल्लाका आवासीय बालगृहहरुको गुणस्तरीय हेरचाह सम्बन्धि प्रतिवेदन सार्वजनिक गरिएको हो ।
प्रतिवेदनले बालगृहमा रहेका बालबालिका मध्ये धेरै बालबालिकाहरु परिवार विखण्डनका कारण परित्याग हुने अवस्थामा भएको उल्लेख गरेको छ । राष्ट्रिय स्तरको प्रतिवेदन सन् २०१६ को २२ डिसेम्बरमा नै सार्वजनिक भएपनि आठौं जिल्लाको रुपमा रुपन्देहीमा जिल्लास्तरीय प्रतिवेदन सार्वजनिक गरिएको हो ।
आठ बालबालिकाको अवस्था अज्ञात रहेको विषयमा बालगृहको अनुगमन गर्ने महिला तथा बालबालिका कार्यालयकी प्रमुख उषा रावलले बताइन् । साथै बालगृहबाट बालबालिकाहरुको परिवार पुनःस्थापना हुन सक्ने आसंका उनको थियो । तर कुन बालगृहबाट कति जना बालबालिकालाई परिवारको जिम्मा लगाइएको विषयमा अनलाइनखबरले जिज्ञासा राख्दा उनले आफुहरुसँग त्यस्तो तथ्याङ्ग नभएको भन्दै जिल्ला बाल कल्याण समितीमा सम्पर्क गर्न अनुरोध गरिन् ।
सार्वजनिक प्रतिवेदनमा कम देखिएका ८ जना बालबालिकाको विषयमा रुपन्देही प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बाल कल्याण समितीका संयोजक समेत रहेका विष्णु प्रसाद ढकालले यस विषयमा छानबिन गर्ने बताए ।
अनलाइन खबरबाट साभार गरिएको

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण