गृहपृष्ठ » विशेष, समचार, स्वास्थ्य​प्रचण्डले खेले होली (तस्बिरसहित)

​प्रचण्डले खेले होली (तस्बिरसहित)

March 21, 2016१६० पटक

काठमाडौं, चैत ८= एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार आफ्नै निवासमा होली खेल्नुभएको छ । सहिद तथा बेपत्ता परिवारका छोराछोरीहरुको पठन पाठनका लागि अक्षयकोष स्थापना गर्न आयोजित होली कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुनुभएको हो । सुदुरपश्चिमका एमाओवादी नेता तथा कार्यकर्ताहरु प्रचण्ड निवास लाजिम्पाटमा जम्मा भई होलीमा सहभागी भएका थिए । कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाल संस्कृतिको धनी देश भएकाले पुराना संस्कृतिलाई पनि सामाजिक सेवाको लागि मनाउनु राम्रो काम भएको बताउनुभयो । ‘पर्वलाई मनाउने, सकारात्मक र पुनित कार्यका लागि शुभकामना छ’ उहाँले भन्नुभयो । प्रचण्डले रंग लगाउँदै नाच्नु भएको थियो । सुदुरपश्चिममा होली पूर्णिमा अगावै मनाउने गरिएको छ । त्यसैगरी पश्चिम नेपालमा राना थारु समुदायमा पनि होली पूर्णिमाको एक दुई दिन अगाडि नै मनाउने चलन छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण