गृहपृष्ठ » अन्तर्राष्ट्रिय, अार्थिक, कृषि, खेलकुद, देवदह विशेष, मुख्य समाचार, विशेष, सूचना प्रविधी, स्वास्थ्यफुटबलको विवादले तीनजनाको ज्यान गयो

फुटबलको विवादले तीनजनाको ज्यान गयो

March 21, 2016८०२ पटक

चैत्र ८ । मोरोक्रोमा फुटबलप्रेमीबीच सुरु भएको झडपमा तीन जनाको मृत्यु भएको छ । सो झडपमा परी अन्य ५० जना घाइते भएको प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ ।

शनिबार राति भएको यस झडपमा दुई व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको छ भने १४ बर्षीय एक बालकको उपचारका क्रममा आइतबार विहान मृत्यु भएपछि सो सङ्ख्या तीन पुगेको हो ।

यस झडपमा संलग्नता रहको आरोपमा एक व्यक्तिलाई प्रहीले पक्राउ गरेको बताइएको छ । फुटबल हेरिरहेका बेलामा त्यहाँको स्थानीय फुटबल क्लबको विषयलाई लिएर झडपको स्थिति उत्पन्न भएको हो । एजेन्सी

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण