गुल्मी जिल्लाका प्रत्येक गाबिसहरुलाई समेट्ने गरी शिक्षा कार्यालयले ८० बिद्यालयलाई नमुना घोषणा गर्नै, आउदै गरेको एसएलसी मर्यादित हुने
अनिश शर्मा गैरे,९ चैत वामी गुल्मी ।।
जिल्ला शिक्षा कार्यालय गुल्मीको आयोजनामा शिक्षा कार्यालय तथा र गुल्मीमा कार्यरत पेशागत शिक्षक संगठन का अध्यक्षहरुको उपस्थितीको बैठकले शिक्षा सँग सम्बन्धित बिबिध निर्णयहरु गरेको छ । बैठकले अब हुन गइरहेको एसएलसी परिक्षालाई मर्यादित बनाउने भनेको छ । त्यसैगरी चलिरहेको कक्षा ८ को आधारभुत परिक्षाको बिषयमा पनि छलफल गरेको छ । त्यस्तैगरी जिल्लाभरका प्रत्येक गाबिसहरुबाट एउटा पर्ने गरी ८० ओटा नमुना बिद्यालय घोषणा गर्नै, तथा बिद्यालय स्तरीकरण, बिद्यालय बर्गीकरण, परिक्षा आचासहिँता लगायतका बिषयहरुमा पनि बृहत छलफल भएको अखिल नेपाल शिक्षक संगठन गुल्मीका अध्यक्ष रामकृष्ण कंडेलले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल शिक्षक युनियन गुल्मीका अध्यक्ष भिमलाल सापकोटा, शिक्षक संघ गुलीका सभापति प्रेम नारायण भन्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रोहित भण्डारी, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रामकृष्ण कंडेल, शिक्षक परिषदका हिमाल गौतम, गणतान्त्रिक संगठन गुल्मीका अध्यक्ष अशोक थापा लगायतको उपस्थिती रहेको थियो ।