गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेष, समचार, स्वास्थ्यसिंहदरबार गेटमा छड्के जाँच, एक सय २७ कर्मचारी कारबाहीमा

सिंहदरबार गेटमा छड्के जाँच, एक सय २७ कर्मचारी कारबाहीमा

March 22, 2016२६६ पटक

Simhadurbar

 

 

 

 

 

 

 

 

 

 

 

 

९ चैत, काठमाडौं = पोसाक भत्ता लिने तर तोकिएको पोसाक नलगाउने निजामति  सेवाका कर्मचारीमाथि सामान्य प्रशासन मन्त्रालयले सोमबार पनि छड्के जाँच गरेको छ ।

प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय र निकायमा काम गर्ने एक सय २७ जना कर्मचारी छड्के कारबाहीमा परेका हुन् ।

मन्त्रालयका उपसचिव कृष्णप्रसाद सापकोटा र ठाकुरप्रसाद निरौलाको नेतृत्वमा खटिएको छड्के टोलीले पोसाक नलगाएका कर्मचारीमाथि छड्के गरेको आजको नयाँ पत्रिका दैनिकले जनाएको छ ।

आइतबारको छड्केमा तीन सय ७४ कर्मचारी बिनापोसाक कार्यालय आएको पाइएको थियो ।  सामान्यले पोसाक नलगाएका कर्मचारीको रेकर्ड सम्बन्धित मन्त्रालयमा पठाउँदै त्यस्ता कर्मचारीले पाउने पोसाक भत्ता कटौती गर्न निर्देशन दिएको छ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण