गुल्मी हर्दिनेटा बासी रातभर पंधेरोमा
भुबन भुसाल
गुल्मी, चैत्र ९ गते । बिश्व पानी दिवस मनाइरहँदा गुल्मी हर्दिनेटामा भने पानीको हाहाकार भएको छ ।
लामो समयको खडेरीले पानीको मुहान सुक्दै गएपछि बिहान ४ बजेदेखि राति १० बजे सम्म पधेरोमै पानीको लाइनमा बस्नु पर्ने बाध्यता छ । गाइ बस्तुको लागी आकाशे पानी संकलन गरिएको पोखरीको पानी पनि सकिएपछि मानिस लगायत गाई बस्तुको लागि पानिको जोहो गर्न उनिहरु करिब १ घण्टा टाढाको पधेरामा पानी लिन जाने गर्छन ।
करिब १०० परिवारले एउटै पधेरोको पानी उपभोग गर्नुपर्ने भएपछि बिहान सबेरैदेखि राति अबेरसम्म त्यहांको मथुरे पधँेरोमा स्थानियको भिड लाग्छ । रेसुङगा बलेटक्सार खानेपानी आयोजना केहि दिनदेखि बिग्रीएपछि समस्या झन बढेको छ ।