गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचार, शिक्षा, समचार, सूचना प्रविधी, स्वास्थ्यअहिले सम्मकै महङ्गो रोग गुल्मीमा

अहिले सम्मकै महङ्गो रोग गुल्मीमा

March 23, 2016४८५ पटक

प्रेम सुनार
गुल्मी, चैत्र–१० । यस जिल्लाको हकमा अहिले सम्मकै बढि उपचार खर्च लाग्ने महँङ्गो रोग यहाँका एक वालकमा लागेको छ । रेसुङ्गा नगरपालिका–११ , सिमीचौर गाउँका विनबहादुर बस्नेतका ८ वर्षिय छोरा अमित बस्नेतलाई ‘एल्पाष्टिक एनियमिया’ नामक रोग लागेको हो । शरिरमा रक्त उत्पादन नहुने र अरुबाट चढाईएको रगत समेत एकैछिनमा निष्कृय हुने उक्त रोगको उपचार खर्च निकै महँङ्गो हुने रेसुङ्गा अस्पताल एण्ड रिशर्च सेन्टर तम्घासका डाक्टर लक्ष्मण भुसालले जानकारी दिए ।
‘यस्तो रोग गुल्मीमा विरलै देखा परेको रोग हो तर केहि वर्ष अघि म पाल्पामा छँदा दुई तिन वटा यस्ता विरामी गुल्मीबाट पुगेका थिए । पछिल्लो चारपाँच वर्ष यताको जानकारीमा जिल्लामा यो सवै भन्दा बढि उपचार खर्च लाग्ने रोग हो’–डाक्टर भुसालले भने । उनले यस रोगको उपचार काठमाण्डौं शिक्षण अस्पतालमा हुने बताए ।balak
विरामी वालकका पित विनबहादुर बस्नेतले छोराको उपचारका लागि ६८ लाख रुपैयाँ खर्च लाग्ने डाक्टरले बताएको कुरा जानकारी दिए । ‘यत्रो रकम लाग्ने डाक्टरले बताएका छन ’–उनले भने–‘ मेरो सवै घर सम्पत्ती बेचे पनि सम्भव छैन , हामी श्रीमान श्रीमति वेचिएरै भए पनि बचाउन चाहन्छौ तर हाम्लाई कसले किन्ला र ?’
तत्कालका लागि ८ लाख रुपैयाँ चाहिने भएकोले जिल्ला प्रशासन र रेसुङ्गा नगरपालिका कार्यालयको सहयोगको अपिल सम्वन्धी सिफारिस पत्र लिएर सडकमा सहयोगको हात फैलाउँदै हिडेका वस्नेत दम्पत्ती छोरा बचाउनका लागि आफुहरुको आँखा वा मुटु बेच्न पनि तयार भएको बताउ छन् ।
वालककी आमा जशोदा बस्नेतले रुदै भनिन–‘ मेरो आँखा वा मुटु कतै विक्रि हुन्छ भने गरी दिनुहोस् म वेच्न तयार छु मेरो छोरा बचाउनका लागि ।’ भारतमा होट।ल मजदुरी गर्ने वस्नेत दम्पत्तीले छोराको जिवन रक्षाका लागि देश विदेशमा रहेका सवै नेपाली र संग संस्था संग सहयोगको अपिल गरेका छन् । उनिहरुलाई सम्पर्क राख्न चाहनेले ९८७२६२५५९ मा सम्र्क राख्न सकिने छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण