गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्यतम्घास सिमलटारी सडकको चौतफी चर्चा

तम्घास सिमलटारी सडकको चौतफी चर्चा

March 23, 2016३६५ पटक

प्रेम सुनार
गुल्मी, चैत्र–१० । जिल्लाका अधिकांस सडक निर्माणमा ढिलासुस्ती र सम्झौता अनुसारको काममा समेत ठे केदारहरुको झारा टराईबाट असन्तुष्टी ओकल्दै आएका यहाँका समाज सेवी र राजनैतिक दलका कार्यकर्ताहरुले तम्घास सिमलटारी पुर्कोटदह प्युठान सडकमा यतिबेला भईरहेको स्तरोन्नतीको काम भने राम्रो भएको भन्दै चौतफी चर्चा गर्ने गरेका छन् । त्यहाँ पुगेका जुनसुकै राजनैतिक दलका नेता कार्यकर्ता हुन वा सर्वसाधरले उक्त सडकमा भईरहेको काम एकछिन नियालेर मुक्तकण्ठले तारिफ गर्दै भन्ने गरेका छन – ‘ वाह…काम भनेको यस्तो हुनुपर्छ ।’ s 1
‘जिल्लामा नयाँ ठेकेदारले यस सडकको स्तरोन्नती गर्ने काम सुरु गरेका छन तर उनि कहाँका हुन थाह छैन काम भने अहिले सम्मका ठेकेदारहरुले भन्दा निकै राम्रो र छिटो गरेका छन् ’–ईस्मारजस्थलका समाज सेवी नारायण पैयाँनीले भने –‘यो सडकमा भईरहेको काम अन्य ठेकेदारहरुले पनि हेर्न सके निर्माण कार्यमा हुने गरेको अनियमित्ता र ढिला सुस्तीमा सुधार हुने थियो कि ?’ उनले जिल्लाका अन्य सडकमा पनि त्यही सडकका ठेकेदारलाई निर्माण कार्य जिम्मा दिनु पर्नेमा आफुहरुको जोड रहेको बताए ।
हस्तीचौरका अर्का समाज सेवी टिका रेश्मीले पनि त्यस सडकमा सन्तोषजनक काम भईरहेको धारणा राखे । ‘यहि सडक अन्तरगत यि ठेकेदारले यति राम्रो र छिटो काम गरेका छन तर यसै सडकको वागमारे देखिको घुम्ती सम्म अर्का ठेकेदारले गरेको काम भने मलाई कत्ति चित्त बुझेको छैन’– रेश्मीले भने –‘यसवारे सम्वन्धीत निकायको ध्यानकृष्ट गराई दिनु प¥यो । ’s 2
यस सम्वन्धमा तम्घास सिमलटारी पुर्कोटदह प्युठान सडक परियोजनाका साईड ईन्जिनियर विष्णुप्रसाद पाण्डे संग सम्पर्क राख्दा उनले दुवै ठेकेदारले काम चाँही राम्रो गरेको तर वागमारे देखि १ किलो मिटर सडकमा काम गर्ने एलाईट कन्ट्रकस्न प्रालि कामठमाणडौले केहि ढिला मात्रै गरेको बताए । उनले भने –‘उक्त कन्ट्रक्सनले १ करोड ६० लाख लागतमा एक किलो मिटरमा काम गर्दै छ । त्यहाँ देखि २१ किलो मिटरको स्तरोन्नती गर्ने काम काठमाण्डौकै कालिका प्यासेफिक ज्वाईन्ट भेण्टर नामक कम्पनीले भ्याट वाहेक १९ करोडमा गर्दैछ , जुन काम स्थानियवासीले समेत उहदाहरणीय भन्दै आईरहेका छन् । ’
क्षेत्र नम्वर ३ अन्तरगत १५ वटा गाविसका उपभोक्ताद्धारा गठित त्यस सडक उपभोक्ता समितिका अध्यक्ष ढुण्डरीराज भण्डारीले पनि अहिलेका ठेकेदारले गरेको काममा कतै दोष देखाउने ठाउँ नभएको वताए । यस अघि त्यस सडकमा भएको काममा भ्रष्टचार भएको भन्दै जिल्ला प्रशासनमा उजुरी दिन आएका अध्यक्ष भण्डारीले भने–‘ यसपालीको ठेकदारले गरेको काम राम्रो छ तर यो सडक विस्तारका क्रममा करिव २० मिटर जति कुलो काटिने भएकाले खेतधनीहरुले अवरोध गर्दा उनिहरुले यसरी नै कामलाई निरन्तरता दिन नसक्ने हुनकी भन्ने चिन्ता छ । ’

गत वर्ष सडक डिभिजन कार्यालय पाल्पाबाट टेण्डर भएको त्यस सडक निर्माणको जिम्मा पाएको त्यस े कालिका प्यासेफिक ज्वाईन्ट भेण्टर कम्पनीले देशैभर पेट्रोलियम पदार्थको अभावका बेलामा समेत काम नरोकेको उपभोक्त समितिका पदाधिकारी बताउछन् ।
तम्घास सिमलटारी पुर्कोटदह प्युठान सडक परियोजनाका साईड ईन्जिनियर विष्णुप्रसाद पाण्डे भन्छन–‘ हाम्रो नियमित अनुगमन भई रहेको छ , यस सडकमा निकै राम्रो र छिटो काम गरेका छन ठेकेदारले । स्थानिय प्रशासन र यस परियोजनाले पेट्रोलियम पदार्थको अभाव यस सडकमा हुन दिएन नाकावन्दीको वेलामा पनि त्यसैले तिव्रगतिमा काम भई रहेको हो । ’s 3
त्यस निर्माण व्यवसायी कम्पनीबाट खटिएका साईड ईन्जिनियर नविन बस्नेतका अनुसार गत असौजबाट तम्घासबाट सुरु गरिएको सडक चौडा पार्ने काम अहिले १५ किलो मिटर हुलाके सम्म पुगेको छ । उनि भन्छन–‘ पहिलो चरणको ठेक्का सम्झौता अनुसार २१ किलो मिटर चौरासी सम्मको हो तर हुलाके देखि चौरासी सम्म सडक चौडा पार्दा स्थानियवासीले खेतमा सिचाई गर्ने कुलो समेत कटान गर्नु पर्ने भएकोले खेतधनीहरुको अवरोधका कारण अलि समस्या भईरहेको छ । ’
आँउदो दशै सम्म तम्घासदेखि १० किलो मिटर छल्दीटार अगाडी सम्म पिच गर्ने गरी काम अगाडी बढाईएको उनले बताए । ‘कम्पनीले त्यसका लागि अवास्यक सवै ईक्युमेण्टहरु पठाई सकेको छ ’– उनले भने–‘ अव हामी अवास्यक टेम्प्रेचर कुरेर बसेका छौं । ’
पहिलो सम्झौता अनुसार चौरासी देखि ७ किलो मिटर सिमलटारी सम्म कालोपत्रे हुनेछ । सिमलटारी देखि ८ किलो मिटर पुर्कोटदह सम्मको सडक त्यही तहमा स्तरउन्नतीका लागि १५ दिन अघि सोही कालिका प्यासेफिक कम्पनीलाई नै ठेक्का परेको ईन्जिनियर बस्नेतले जानकारी दिए ।
तम्घास देखि सिमलटारी सम्मको ८ मिटर सडक चौडा पार्दा जनताका ८ वटा घर भत्काउनु पर्ने भएको उनले बताए । त्यसको क्षतिपुर्तिका लागि के पहल भई रहेको छ त ? भनेर तम्घास सिमलटारी पुर्कोटदह प्युठान सडक परियोजनाका निमित्त प्रम्ख समेत रहेका ईन्जिनियर पाण्डे संग प्रश्न गर्दा उनले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआव्ज समितिको बैठकले विभागमा सिफारिस पत्र पठाएको बताए । कुलो कटानका सम्वन्धमा भने स्थानिय राजनैतिक दल र सर्वसाधरणलाई समेत सहयोगी भई दिन उनले आग्राह गरे ।s 5
जिल्ला विकास समितिले तम्घास सिमलटारी सडकमा अहिले भई रहेको काम अनुगमन गर्न गएको छ कि छैन ? भन्ने प्रश्नमा स्थानिय विकास अधिकारी डिलाराम पन्थीले भने –‘हामीले अनुगमन गरिरहेका छौं , अहिले सम्म त्यहाँ काम राम्रो भई रहेको छ ।’ उनले थपे –‘राम्रो कामलाई राम्रै भन्नु पर्छ त्यस सडकमा भएको काम हाम्रो बाहिरी आँखाले हेर्दा दोष दिने ठाउँ छ्रैन् । ’
सुरुका दिनमा भने अनुगमनमा आएका गुल्मी क्षेत्र नम्वर ३ का सासंद गोकर्णराज विष्टले सडक चौडा पार्ने काम कतै अवास्यक भन्दा बढि र कतै कम भएको भन्दै फोन गरेर त्यस निर्माण कम्पनीका प्रमुखलाई थर्काएका थिए । त्यस पछि पनि पटक पटक त्यस सडकको अनुगमनमा आएका सांसद विष्टले त्यस सडकमा कत्ति कम्जोरी हुन नदिनका लागि यहाँका पत्रकार , सवै राजनैतिक दलका नेता कार्यकर्तालाई निरन्तर निगरानी गर्न आग्राह गरेका छन् ।
उनले भनेका छन –‘त्यस सडकलाई यस जिल्लाको नमुना सडक बनाउने पहलमा लागिएको छ यसमा सवैको सहयोगको आवस्यक छ । ’ नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा क्षेत्र नम्वर २ का सासंद चन्द्र भण्डारी समेत त्यस सडकको अनुगमनमा पुगेको बताए । उनले भने –‘ म त्यहाँ पनि अनुगमनमा पुगेको थिएँ , काम राम्रो संग भएको रहेछ । ’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण