गुल्मीमा महिलाको गोप्य अंगमा आक्रमण गर्दै बाँदर, प्रहरी समक्ष सुरक्षा माग
प्रेम सुनार
गुल्मी, चैत्र १० । डेढ वर्ष अघि गुल्मीको अर्खले गाउँका महिलाहरु बाँदरले गोप्य अंगमा आक्रमण गर्न आएर त्रसित पारेको भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीमा डेलिगेशन आएका थिए । बाँदर आतंका विरुद्ध ति महिलाहरुको पिडा र आक्रोष सुने पछि तत्कालिन प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले वलात्कारको नियत बोकेका बाँदर विरुद्ध प्रहरीहरु तैनाथ गरेका थिए ।
अहिले फेरीे गुल्मी क्षेत्र नम्वर १ मा बाँदरहरु विरुद्ध सञ्चार माध्यम मार्फत स्थानियवासीले सम्वन्धीत निकायको ध्यानकृष्ट गराएका छन् । जोहाङ्गकी ३१ वर्षिय मिना भण्डारीलाई चारपाँच वटा बाँदरहरुले एकै साथ झम्टीएर गोप्य अंगमा आक्रमण गरेर घाईते बनाए’ –छिमेकी अस्लेवाका अजुर्न कनौजाले भने–‘ यस क्षेत्रमा बाँदरले विशेष गरी महिलाहरुको यौनाङ्गमा आक्रमण गरेर त्रसित पारेको छ, यहाँका महिलाले सुरक्षाको माग गरेका छन् ।
बाँदरहरुको आक्रमणबाट गम्भीर घाईते भण्डारीलाई उपचारका लागि वुटवल लागिएको कनौजेले जानकारी दिए । उनका अनुसार अस्लेवा ८ की सालघारी साईली भन्ने महिलालाई पनि बाँदरले गोप्य अंगमा आक्रमण गरेर घाईते बनाएको छ । उनि भन्छन्–‘ ति महिलालाई बाँदरले घर भित्रै पसरे आक्रमण गरी सुरुवाल सम्म च्याति दिएको थियो ।
उनलाई पनि उपचारका लागि पाल्पा पठाईएको कनौजेले बताए । बाँदरको आक्रमणबाट घाईते कनौजे जिल्ला जनस्वास्थ्य कार्यालमा आएको त्यस कार्यालयका खोप सुपरभाईजर ओम अर्यालले जानकारी दिए । उनले भने ‘कनौजेलाई रेविज विरुद्धको सुई दिईएको छ । अरु पनि बाँदरको आक्रमणमा परेको भए वा पर्ने सम्भावना भए जिल्ला जनस्वाथ्य कार्यालयमा उक्त सुई लिन आउन आग्राह गर्दछौं ।
जोहाङ्ग, जुनिया र अस्लेवामा बाँदर आतंकबाट महिलाहरु र कृषकहरु त्रसित हुँदै आएकोले स्थानियले सुरक्षाका लागि प्रहरी वल तैनाथको माग गरेका छन् । खेतीवाली सुरुक्षाका लागि यति वेला प्रहरीकै शैलीमा स्थानिय युवाहरुले रातमा गस्ती गरे पनि दिनको समयमा दाउरा घाँस जाने महिलाहरुलाई बचाउन मुस्कील परेकोले प्रहरीको विशेष निगरानी स्थानियले माग गरेको व्यवसायीक कृषक समेत रहेका कनौजाले बताए ।
नाम नवताउने सर्तमा एक महिलाले भनिन्– ‘जसरी कुनै पुरुषले यौनिक कृयाक्लावको सुरुवातमा प्रेमपुर्वक स्पर्श गर्न खोज्छ बाँदरले पनि त्यस्तै गर्न खोज्ने यदि महिलाहरुले नमाने जथाभावी यौनाङ्गमा आक्रमण गर्ने गर्दछ ।