भट्टराईको नयाँ शक्ति पार्टी निर्वाचन आयोगमा दर्ता भयो
चैत्र १० । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।
नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेलका अनुसार पार्टीको नाम, लोगो, झण्डा र निर्वाचन चिन्ह दर्ता गरिएको हो ।
पार्टीको नाम नयाँ शक्ति नेपाल रहनेछ भने झण्डा र निर्वाचन चिन्ह पाँच कुने तारा रहनेछ । लोगो भने पाँचकुने ताराको माथिपट्टि नेपालीमा र तल्लोपट्टि अंग्रेजीमा नयाँ शक्ति नेपाल लेखिएको छ ।