विभिन्न वेबसाइट ह्याक गर्ने १८ वर्षीय युवक पक्राउ, २०० वटा वेवसाईटहरु ह्याक गरेको प्रहरीको दाबि
चैत्र १० । सरकारी निकाय राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग कार्यालयसमेतका अन्य कार्यालयहरुको समेत वेबसाइट ह्याक भएको बारे अनुसन्धान गरिरहेको प्रहरी अपराध महाशाखा, टेकुले १८ वर्षीय विकास पौडेललाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार प्राप्त सूचनाहरुको आधारमा वेबसाइटहरु ह्याक गर्ने ह्याकर्सको बारेमा प्रारम्भिक अनुसन्धान गर्दै जाँदा फेला परेका तथ्यका आधारमा उनलाई प्रहरीले काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।
पौडेले आफूँले ह्याक गरेका वेबसाइटमा ूब्लयलथmयगक ३इउलभउू नाम राख्ने गरेका थिए ।
अनुसन्धानको क्रममा उनले राष्ट्रिय क्षयरोग केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, दुग्ध विकास संस्थान, नेपाल दुरसंचार संस्थानका केहि प्रयोगकर्ताहरुको विवरण एवं विभिन्न शैक्षिक संस्थाहरु लगायत करिव २०० वटा वेवसाईटहरु ह्याक गरेको प्रहरीको दाबि छ ।