गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिअरुको दबाबमा गृहमन्त्रीले गरे ७ करोड जरिवाना मिनाहा

अरुको दबाबमा गृहमन्त्रीले गरे ७ करोड जरिवाना मिनाहा

August 10, 2015४४७ पटक

BamdevGautam_20141022072217काठमाडौं – २५ साउन– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको प्रस्तावमा सरकारले नेपालमा अवैध रुपमा बस्दै आएका शरणार्थीका करोडौं जरिवाना मिनाहा गरेको छ ।

अध्यागमन ऐनअनुसार अवैध रुपमा नेपालमा बस्ने एकै व्यक्तिले लाखौं रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ । सरकारले वर्षौंदेखि अवैध रुपमा बस्दै आएका ७३ जना विदेशीको ७ लाख ११ हजार ६ सय ३५ डलर जरिवाना हालै मिनाहा गरेको छ । राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगको दबाबमा सरकारले राज्यलाई करोडौं रुपैयाँ घाटा हुने गरी जरिवाना मिनाहा गरेको हो । जरिवाना मिनाहा हुनेमा ७० पाकिस्तानी र तीन जना बर्मेली नागरिक छन् । उनीहरुमध्ये ६९ जना अमेरिका र क्यानाडा गइसकेका छन् । बाँकी चार जना पनि विदेश जाने तयारीमा छन् । नेपालले तिब्बती र भुटानीबाहेक अन्य देशकालाई शरणार्थीको मान्यता दिएको छैन ।
–नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण