गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, स्वास्थ्यवामी श्रोत केन्द्र सौहार्दपुर्ण रुपमा परिक्षा सम्पन्न भएको छ : श्रोत ब्यक्ति

वामी श्रोत केन्द्र सौहार्दपुर्ण रुपमा परिक्षा सम्पन्न भएको छ : श्रोत ब्यक्ति

March 24, 2016१५८ पटक

अनिश शर्मा गैरे

गुल्मी, गुल्मी जिल्लामा कक्षा आठको जिल्ला स्तरीय परिक्षा सम्पन्न भएको छ । गत चैत्र १ गतेबाट शुरु भएको आधारभुत तह उत्तिर्ण अर्थात कक्षा ८ को जिल्ला स्तरीय परिक्षा सम्पन्न भएको हो ।

यसैबिच वामी श्रोत केन्द्रमा सञ्चालन भएको परिक्षा पनि सम्पन्न भएको छ । वामी श्रोत केन्द्र अन्तर्गत पर्ने चार गाबिसहरुका छुट्टा छुट्टै स्थानमा परिक्षा सञ्चालन भएको थियो । महेन्द्र आदर्श उमाबि वामीमा बजारका तिन बिद्यालयहरुको परिक्षा सञ्चालन भएको थियो छ । जस अन्तर्गत मालीका अङ्ग्रेजी बोर्डिङ्ग सेकेण्डरी स्कुल वामी १ पल्टार, गोल्डेन फ्युचर एकाडमी वामी तथा महेन्द्र आदर्श उमाबिबाट क्रमश ः १९, १८ र ७३ जना गरी ११० जना बिद्यार्थीहरु परिक्षामा सहभागी थिए ।

सबै बिषयका परिक्षाहरु मर्यादित रुपमा सम्पुर्ण भएको मर्यादित रुपमा सम्पन्न भएको केन्द्रध्यक्ष तथा जनज्योती माबि पौदी अमराई अरेवाका शिक्षक महलाल पौडेले जानकारी दिनुभयो ।

त्यैसैगरी श्रोत केन्द्र अन्तर्गतका अन्य बिद्यालयहरुमा पनि जिल्ला स्तरीय परिक्षा सञ्चालन भएको थियो । वामीबाट अर्काे माबि शारदा बिद्या मन्दिर माबि वामी मैदानमा पनि आधारभुत तहको जिल्ला स्तरीय परिक्षा पनि सौहार्दपुर्ण बाताबरणमा सम्पन्न भएको श्रोत ब्यक्ति देबिराम शर्माले जानकारी दिनुभयो ।

उता अर्लाङ्कोटको सीतापुर उमाबि तथा ज्ञानज्योती निमाबिमा पनि सम्पन्न भएको छ । त्यस्तै त्रिभुबन उमाबि कुर्घा, नेपाल राष्ट्रिय सर्बाेदय उमाबि पौदीअमराईमा पनि परिक्षा सम्पन्न भएको छ । ६ केन्द्रमा गरी कुल ४ सय ६ जना बिद्यार्थीहरु सहभागी भएको समेत श्रोत ब्यक्ति देबिराम शर्माले जानकारी दिनुभयो । परिक्षा मर्यादित रुपमा सम्पन्न गर्नको लागी ६ जना केन्द्रध्यक्ष, ६ जना अनुगमन कर्ता तथा १५ जना निरिक्षकहरु खटाइएको थियो ।

आज अन्तिम दिन कम्प्युटर बिषयको परिक्षा सम्पन्न भएको थियो ।
परिक्षामा जिल्ला तह बाट अनुगमन भएको केन्द्रध्यक्षहरुले जानकारी दिनुभयो । परिक्षा सम्पन्न गर्नको लागी सहयोग केन्द्राध्यक्ष, अनुगमन कर्ता, निरिक्षक लगायत सम्पुर्णलाई श्रोत ब्यक्ति देबिराम शर्माले धन्यबाट दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण