गृहपृष्ठ » बिचार/ब्लग, मुख्य समाचार, राजनीति, समचारकाङ्ग्रेसले बिकासका कामलाई सँगठन सँगै अगाडी बढाए छ : पन्थी

काङ्ग्रेसले बिकासका कामलाई सँगठन सँगै अगाडी बढाए छ : पन्थी

March 24, 2016३८४ पटक

नेपाली काङ्गेस जिल्ला कार्य समिति गुल्मीका सचिब खिलध्वज पन्थीले नेपाली काङ्ग्रेसले संगठनलाई एक हातमा राखेर बिकास निर्माणका कामहरुमा लागी रहेको बताउनुभएको छ । काङ्ग्रेसको पहलमा भएका कामहरुम भ्रम छर्ने काम भएको भन्दै उहाँले जनता आफै सचेत भएको हुँदा भ्रम सिर्जना नगर्न पनि आग्रह गर्नुभएको थियो । बडागाँउ ५ पेगाको वडा अधिबेशनको अबसरमा बोल्दै उहाँले नेपाली काङ्ग्रेसलाई अझै बलियो बनाएर लैजाने बताउनुभयो ।
वडा सभापति दिन बहादुर जिसीको सभापतित्व रहेको वडा अधिबेशनमा क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य झबिलाल भण्डारीको बिशिष्ट आतिथ्यता तथा नेपाली काङ्ग्रेस बडागाँउ गाउ कार्य समिति सभापति यम बहादुर खत्री, नेबिसंघ जिल्ला उपसभापति झबिन्द्र पाण्डेको बिशेष आतिथ्यता रहेको थियो । त्यस्तै गरी नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य राम प्रसाद पन्थी, नारायण जिसी, बाबुराम शर्माको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथि भण्डारी, बिशेष अतिथि पाण्डे, अतिथि खत्री तथा पन्थीले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा ज्ञान बहादुर जिसीको स्वागत रहेको थियो भने मधु रायमाझीको सञ्चालन रहेको थियो । कार्यक्रमले बडागाँउ ५ को वडा समितिको पुनर्गठन गरेको छ । १५ जना सदस्य रहेको समितिको सभापतिमा दिन बहादुर जिसी रहनुभएको छ भने उपसभापतिमा भरत शाह, सचिबमा रेशम बहादुुर पाण्डे र मधु मधु राम्जाली तथा कोषाध्यक्षमा माया घतीृ रहनुभएको छ ।
यसैबिच आज कार्यक्रमकै अबसरमा अन्य पार्टी त्यागी २० जना नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन । जस मध्ये हिरा कुमारी नेपाली, गोमा पाण्डे, धन बहादुर बिक, ला बहादुर बिक, बाल बहादुर रायमाझी, दुर्गा बहादुर पाण्डे, मेख कुमारी पाण्डे, माया कुमारी घर्ती, दिपक बगाले मगर, बिष्णु नेपाली, नारायण पाण्डे, भरत शाही, टोप बहादुर कुवँर, केशब कुवँर, हुमा कुवँर, बिन बहादुर गन्धर्ब, बिष्णु जिसी, सुनिल गन्धर्ब, मान बहादुर घिमिीरे, रुपा नेपाली र कोपिला बिक रहनुभएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण