सर्लाहीमा होली मनाउने क्रममा भएको झडपमा पाँचजना घाइते
सर्लाही, चैत ११ । होली मनाउने क्रममा सर्लाहीको मोहनपुरमा बुधबार झडप हुँदा पाँचजना घाइते भएका छन् । घाईतेमध्ये मोहनपुर–५ का राजेश यादव र वडा नम्बर–८ का अप्सुर मन्सुरको अवस्था गम्भीर छ ।
अन्य तीनजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । घाइतेहरुको वीरगन्जमा उपचार भइरहेको छ । होली मनाउने क्रममा मोहनपुर गाविस– ५ मा मस्जिद अगाडि दुई पक्षबीच झडप भएको हो ।