गृहपृष्ठ » मुख्य समाचार, राजनीति, शिक्षा, समचार, स्वास्थ्यद्वन्द्वपीडित र प्रहरीबीच झडप

द्वन्द्वपीडित र प्रहरीबीच झडप

March 24, 2016१७४ पटक

काठमाडौं, चैत ११ । सरकारले वास्तविक द्वन्द्वपीडितका माग सम्बोधन नगरेको भन्दै द्वन्द्वपीडितहरुले आज प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् ।
छैठौं सत्यको अधिकार दिवसको सन्दर्भमा द्वन्द्वपीडित साझा चौतारीले प्रधानमन्त्री निवास वालुवाटारमा धर्ना दिएको हो ।
धर्नामा बसेकाहरुले बेपत्ता नागरिक सार्वजनिक गर्न, मानव अधिकार सुनिश्चित गर्न र दण्डहीनताको अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।
पछिल्लो समय मानव अधिकारका घटनामा तीव्रता आएको र सरकारले दोषीलाई कारवाही नगरेको भन्दै उनीहरुले पीडितलाई न्याय दिन माग गरे ।
द्वन्द्वपीडितहरुको धर्नाका कारण वालुवाटार क्षेत्रमा केही समय ट्राफिक जाम भएको थियो । ट्राफिक व्यवस्थापन गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच केही समय झडपसमेत भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण