गृहपृष्ठ » मुख्य समाचार, स्वास्थ्यसामुहिक रुपमा यौनसम्पर्क राख्न अस्वीकार गरेपछि युवतीको हत्या

सामुहिक रुपमा यौनसम्पर्क राख्न अस्वीकार गरेपछि युवतीको हत्या

March 24, 2016९४ पटक

 प्रकाश ढुंगाना
चैत्र ११ गते । महानगरीय प्रहरी अपराध महाशाखाले एक युवतीको हत्यामा सम्लग्न ३ जनालाई पक्राउ गरेको छ । एक जना भने फरार रहेका छन् । धनकुटा घर भइ काठमाडौंको कपनमा बस्दै आएकी २० वर्षकी भेनिशा लिम्बुको हत्यामा सम्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

timthumb

पक्राउ परेका ३ जना काठमाडौं बौद्धका सनि लामा,सजित लामा र मोरङ पथरी घर भइ थलीमा बस्दै आएका राजन राईलाई पक्राउ गरिएको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए। उनको शव फागुन १४ गते भक्तपुरको नगरकोटमा भेटिएको थियो ।
यसरी भयो हत्या
राजन राई र मृतक लिम्बुबीच ३ महिनाअघि मात्र फेसबुकमार्फत चिनजान भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । गत फागुन ८ गते दिउँसो बौद्ध गेटमा राजन राई र लिम्बुबीच भेट भएको हो । भेट हुदाँ उनको हत्यामा सम्लग्न अरु २ जना पनि सँगै थिए।limbu

पछि राजनले लिम्बुलाई फोनबाट बोलाएर लाजिम्पाट लगेका थिए । जहाँ उनको साथीको अपार्टमेन्ट थियो। अपार्टमेन्टमा पुग्दा राजन र लिम्बु पुग्दा सनि, सजित र अर्का एक जना पनि कोटामा थिए। उनीहरुले रमाइलो गर्ने नाममा मादक पदार्थ सेवन गरेको डिएसपी दीपक रेग्मीले बताए।

लिम्बुसहित ५ जना नै नशामा लठ्ठ रहेको खुल्न आएको छ । त्यसपछि राजनसँग लिम्बुले सहमतिमा नै यौनकम्पर्क र पछि बाँकी रहेका ३ जना साथीले पनि यौनसम्पर्क गर्न खोज्दा नमानेपछि लिम्बुको हत्या भएको रेग्मीले बताए।

बाथरुममा धकेलाधकेलको स्थिति भएको र उनी झ्यालबाट खस्न पुगेको उनले बताए । त्यसपछि घटनाभएकै दिन उनीहरुले गाडीमा राखेर भक्तपुरमा लगेर राती १ बजेतिर फालेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।

पक्राउ परेका ३ मध्ये २ जना भारतबाट पक्राउ परेका हुन् । उनीहरुलाई त्यहाँको प्रहरीको समन्वयमा काठमाडौं ल्याइएको हो । मृतकका आफन्तले भने लिम्बुलाई झ्यालबाट झसालेर मारेको दाबी गरेका छन् । लिम्बुको एउटै खुट्टा २ स्थानमा र कम्मर पनि भाँचिएको छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण