काठमाडौ ११ चैत=लोकसेवा आयोगले भावी सुधारका रणनीति तय गरिरहेको जनाएको छ ।  आयोग आयोगका पदाधिकारीहरुको एक बर्ष पुगेको उपलक्ष्यमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष उमेश मैनालीले अहिलेको योग्यता परीक्षण विधिनले नयाँ चुनौतिहरु समाना गर्न नसक्ने महसुस गर्दै जाँचमा नयाँ विधि अबलम्बन गर्न लागिएको जानकारी दिनुभयो ।

त्यसैगरी हालै जारी भएको संविधानले आफूहरुको क्षेत्राधिकार बढाएको प्रष्ट पार्दै अध्यक्ष मैनालीले अब सार्वजकि सेवामा प्रबेश गर्ने एक द्वार प्रणाली सुरु भैसकेको जानकारी दिनुभयो । उहाँले अहिले पनि सेना, प्रहरी, सार्वजनिक संस्थान तथा नेपाल सरकारको ५० प्रतिशत भन्दा बढी स्वामित्व रहेका निकायहरुको पदपूर्तिमा लोकसेवालेनै लिखित परीक्षा लिने व्यवस्था सुरु भैसकेको जानकारी दिनुभयो ।

अहिले पनि सेना, प्रहरी, सार्वजनिक संस्थान तथा नेपाल सरकारको ५० प्रतिशत भन्दा बढी स्वामित्व रहेका निकायहरुको पदपूर्तिमा लोकसेवालेनै लिखित परीक्षा लिने व्यवस्था सुरु भैसकेको जानकारी दिनुभयो ।

उहाँले अहिले शिक्षा र प्राध्यापनमा मात्रै लोकसेवा वाहिर रहेको उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष मैनालीलले आफूहरुले जनताको आस्थाको धरोहरको रुपमा रहेको लोक सेवा आयोगको सवै काम पारदर्शी र स्वच्छ हुनेमा शंका नगर्न पनि आग्रह गर्नुभयो ।

६ बर्षे कार्यकाल सहित २०७१ चैत ११ गते आएको अहिलेको नेतृत्वले योग्यता प्रणालीलाई अझै व्यवस्थीत बनाउने पहल पनि सुरु गरेको छ ।
अहिलेको परीक्षा प्रणालीमा सुधार गर्ने योजना रहेको जानकारी दिँदै अध्यक्ष मैनालीले अब घोकन्ते विद्यामा नभई कार्यमूल्यांकन प्रणालीलाई अबलम्बन गर्ने विषयमा छलफल भैरहेको जानकारी दिनुभयो ।

लोकसेवाको फर्म भर्नकालागि अहिले अनलाईन व्यवस्था गरिएपनि पैसा बुझाउन कार्यालय वा हुलाक सम्म पुग्नुपर्ने झन्झट अन्त्य गर्नकालागि अर्थमन्त्रालयलाई अनुरोध गरिएको बताउनुभयो ।

तर सरकारकै कारण यो काम हुन नसकेको जानकारी दिँदै उहाँले अबको केही समयमा घरमै बसेर लोकसेवाको फाराम भर्न सकिने र पैसा पनि बुझाउन मिल्ने व्यवस्था गर्ने प्रष्ट पार्नुभयो ।