गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यगलकोटमा फेरी बिपत

गलकोटमा फेरी बिपत

March 24, 2016१०९ पटक

बालकृष्ण सुबेदी ,गलकोट चैत्र ११ =  राती हटिया ५ खसगाउँमा अप्रिय घटना भयो । यस ठाउँका मिनबहादुर परियार भारतबाट घर फर्केका थिए । भारतिय सेनामा कार्यरत मिनबहादुर जब गाउँ आए अनि एउटा अप्रिय घटना भयो । उनले घर फर्केको राती योजनाबद्द तरिकाले आफ्नै भतिज २१ वर्षिय बेलबहादुर परियारको हसिँया प्रहार गरि हत्या गरे । बेलबहादुरको उपचारका लागि हटिया बजार झार्दै गर्दा निधन भयो । मिनबहादुरको आक्रमणबाट भाउजु पुर्णकला परियार गम्भिर घाईते बनिन । उनको टाउको मा धेरै ठाउँमा चोट लागेको छ । दाँतमा पनि चोट लागेको छ र हात भाँचिएको छ । ४१ बर्षिय पुर्णकला एकल महिना हुन । उनको पतिको ७ वर्ष अघिनै मृत्यु भएको थियो ।
घाईते पुर्णकलाको अहिले गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ । तर उपचारको लागि आर्थिक समस्या परेको छ । उनका १८ वर्षिय कान्छा छोरा देबबहादुर दाजुको क्रियामा बसेका छन् । परिबारमा अरु कोही छैनन् । पुर्णकलाको साथमा उनकी दिदी रहेको पारिबारिक स्रोतले जनाएको छ । हाल सम्म उपचार र काज क्रियामा ३ लाख बढि खर्च भईसकेको छ । उक्त रकम गाउँबाट रिण खोजेर तिरिरहेको वडा नागरिक मँचका संयोजक बिक्रम परियारले बताए ।
आर्थीक अबस्था अत्यन्तै दयनिय रहेकोले रिण तिर्ने र थप उपचारका लागि निकै समस्या परेको संयोजक परियारले जानकारी दिए । भतिजको हत्या र भाउजुलाई घाईते बनाउने मिनबहादुरको पनि आर्थिक अबस्था कमजोर भएकाले उनिबाट पनि क्षतिपुर्ति असुल्न नसक्ने अवस्था छ । उनि हाल जिल्ला कारागार बागलुङमा थुनामा छन् ।
गलकोटबासी तथा यहाँबाट प्रबासमा कार्यरत युवाको सहयोगबाट धेरै गलकोटेको ज्यान बचेको छ , बिपतको सामना भएको छ । तसर्थ गम्भिर घाईते पुर्णकला परियारको ज्यान बचाउनको लागि आफु सक्दो सहयोग गरिदिन वार्ड नागरिक मंचका संयोजक बिक्रम परियारको आग्रह छ । आर्थिक सहयोग गर्न ईच्छुक महानुभाबले ९८६०२६४९१९ मा सम्पर्क गर्न सक्नुहुनेछ । अथवा नेपाली काग्रेस हटियाका सभापति बिरजँग भण्डारीलाई ९८५७६२३१६२ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण