गृहपृष्ठ » अन्तर्राष्ट्रिय, अार्थिक, कृषि, पत्रपत्रीका, मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्यगुल्मी सेवा समाज युएईका अध्यक्ष गुल्मी हुँगाका भण्डारी झन्डै तीन करोड रुपैयाँ ठगी दुवईबाट फरार

गुल्मी सेवा समाज युएईका अध्यक्ष गुल्मी हुँगाका भण्डारी झन्डै तीन करोड रुपैयाँ ठगी दुवईबाट फरार

March 25, 2016५२६ पटक

उमाकान्त पाण्डे
युएई, चैत १२ – युएईमा कार्यरत एक नेपालीले मोटो रकम ठगेर फरार भएका छन् । लामो समयदेखि दुवईमा कार्यरत गुल्मीको हुगा ३ का लक्ष्मण भण्डारीले नेपाली तथा अन्य कम्पनीबाट झन्डै ३ करोड रुपैयाँ लिएर फरार भएका हुन् ।
गुल्मी सेवा समाजका अध्यक्ष तथा लुम्बिनी वेल्फेयर सोसाइटी युएईका उपाध्यक्ष समेत रहेका भण्डारी अर्घाखाँचीका कमल पौडेलले बरदुवईमा सञ्चालन गरेको गुड रिच टेक्सटायल कम्पनीको भिसामा आफ्नै व्यवसाय गर्दै आएका थिए । भण्डारीले आफू मोवाइल पसल कम्पनीको सञ्चालक भएको भन्दै नेपाली कामदार कार्यरत ठूला मोवाइल सप्लायर्सहरुबाट मोवाइल खरिद गर्ने र अन्य नेपाली काम गर्ने साना मोवाइल पसलमा बेच्ने काम गर्दै आएका थिए ।
लामो समयदेखि व्यवसाय गर्दै आएका भण्डारीले आफन्त र गाउँले नेपालीहरु कार्यरत ठूला मोवाइल सप्लायर्स कम्पनीलाई मोवाइल खरिद गरे वापतको पैसा नतिरी बेखबर भएका हुन । सुरुमा मोवाइल खरिद गरेको पैसा नगद दिने र तिर्न बाँकी पैसा तोकेको समयमा तिर्दै आएका भण्डारीलाई विश्वासका आधारमा धेरैजसो कम्पनीले उधारोमा मोवाइल र अन्य सामाग्री दिइरहेका थिए ।
उधारोमा सामाग्री खरिद गर्दै अन्य पसलमा सस्तोमा नगद कारोबारमा बिक्री गरेको पैसा र उधारो पैसा नतिरी उनी भागेका हुन् । भण्डारीले हुण्डी मार्फत नेपाल पैसा पठाउने काम समेत गर्ने गरेको र धेरै नेपालीबाट पैसा असुलेको खुलेको छ । युएईबाट उनी फरार भएपछि भण्डारीबाट ठगिएको भन्ने धेरै नेपालीहरु बरदुवईमा भेटिन थालेका छन् ।
यसअघि दुई विवाह गरिसकेका भण्डारीले दुवईमा अर्का एक नेपाली महिलालाई विवाह गर्छु भन्दै फकाइफुलाई गरेर रकम असुलेको ती महिलाले नाम नलेख्ने सर्तमा बताइन ।
भण्डारीले विभिन्न पसल तथा सर्वसाधारण नेपालीबाट झन्डै ७ लाख दिहराम अर्थात दुई करोड ५० लाख रुपैयाँ भन्दा बढि रकम लिएर सोमबार युएईबाट भागेको हल्ला चलेको थियो । तर उनले ठगेका कम्पनी सञ्चालक र नेपालीहरुले बुधवार मात्रै नेपाली दुतावासमा ठगीमा परेको उजुरी गरेका थिए । युएईबाट भागेका भण्डारी दुवई हुँदै काठमाडौ विमानस्थलबाट नेपाल गएको अध्यागमनको रेकर्डमा उल्लेख छ ।
उनको खोजी भइरहेको दूतावासले जनाएको छ । उनी अहिलेसम्म कसैसँग सम्पर्कमा छैनन् । कारणवस समस्यामा परेर सम्पर्कविहिन भएको भए सक्दो छिट्टो सम्पर्कमा आएर आफ्नो समस्या बताए अझै पनि माफी दिने पीडितहरुले बताएका छन् ।
उज्यालोबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण