ताप्लेजुङमा भूकम्प
ताप्लेजुङ, चैत १२ गते । ताप्लेजुङको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ ।
राति ११ बजेर ११ मिनेटमा ४.१ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प ६० किलोमिटर गहिराईमा गएकाले धक्का महशुस भएको थिएन । ससाना भूकम्प गइरहँदा ठूलो भूकम्पको खतरा कम हुने केन्द्रले जनाएको छ ।
भूकम्पले कुनै क्षति नपुर्याएको स्थानीय प्रशासनले जनाएको छ ।