गुल्मीमा एउटै व्यक्तिद्धारा ४० लाखको वृन्दावन निमार्ण
प्रेम सुनार
गुल्मी, चैत्र–१३। गुल्मीमा एउटै व्यक्तिले ४० लाख रुपैयाँ वरवरको वृन्दा वन निमार्ण गरेका छन् । हर्मीचौर गाविस वडा नम्वर ३ का डोलराज पाण्डेले कालिगण्डीकी नदि किनारमा उक्त मुल्य वरावरको भव्य वृन्दावन धाम निर्माण गरेका हुन ।
उनले स्वर्गिय पिता चिन्तामणी पाण्डेको स्मृतिमा सोही गाविसको वडा नम्वर २ रेप्का भन्ने स्थानमा उक्त धाम निमार्ण गरी हरिहर धाम देवघाटका पिठाधिस १००८ स्वामी ज्ञाननन्द स्वामी महाराजबाट उद्घाटन गराएका छन् । अमेरिकाको टेक्सासमा कार्यरत पाण्डेले त्यस धाम परिसरलाई भक्तपुुरका शिल्पीहरु र त्यहीका ऐतिहासिक सामग्रीहरु मगाएर कलात्मक ढंगले राधाकृष्णको मन्दिर निर्माण, भजन मण्डली हल, अखण्ड होम मन्दिर , चारैतिर कलात्मक पर्खाल र प्रवेशद्धार निर्माण गरेका छन् । जुन अध्यात्मिक व्यक्तिहरुलाई मात्र नभई प्राकृतिक उपासकहरुलाई समेत आकर्षित गर्ने मनोरनम स्थान बनेको छ ।
नजिकै निलरह कालिगण्डकीको मिर्मी ड्याम् । त्यसको कोखैमा रहेको वृन्दावन धामले त्यस मिर्मी ड्््याममा घुम्न आउने जो कोही मानिहरुलाई आकर्षित नगरी छाड्दैन । पाण्डेकी धर्मपत्नी छायाँ पाण्डे भन्छिन् –‘हामीले धार्मिक दृष्टीले मात्र नभई त्यस स्थानमा पर्यटन विकास गर्नका लागि पनि वैदेशिक रोजगारबाट कमाएको केहि हिस्सा त्यस धामका लागि लगाएका हौं । ’ उनका श्रीमान पाण्डे भन्छन–‘ मेरी माता सुमित्रा पाण्डे अध्यात्मिक हुनुहुन्छ उहाँकै प्रेरणाले उक्त धाम निर्माण गरेका हौं । ’
हस्तान्तरण कार्यक्रममा पुुगेका नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्वर १ का क्षेत्रिय सभापति पारिश्वर ढकालले भने–‘ यो वृन्दावन गुल्मीमा पहिलो हो । जुन धाममा आराधान गर्न भारतिय हिन्दुधर्म लम्वीहरु समेत अवस्य आउने छन र यहाँको पर्यटन विकासमा समेत टेवा मिल्ने अपेक्षा गरेका छौं ।’ रुद्रवेणी वृद्धआश्रमका अध्यक्ष समेत रहेका ढकालले थपे –‘डोलराजले विदेशमा पसिना बगाएर समाज सेवाको क्षेत्रमा खेलेको भुमिका जति चर्चा गरे पनि कम हुन्छ । ’
पाण्डेले रुद्रवेणी आश्रमका बृद्धा बृद्धाहरुका लागि समेत ३२ हजार रुपैयाँ सहयोग गरेको ढकालले बताए । वृन्दावन धाम व्यवस्थापन समितिलाई हस्तान्तरण गर्दै उनकी माता सुमित्रा पाण्डे वषौं देखिको सपना छोरा डोलराजले पुरा गराई दिएको भन्दै खुशीका आँशु खसाएकी थिईन् । कार्यक्रममा स्याङ्गजा क्षेत्र नम्वर ३ का सांसद मुक्ती पाठकले गुल्मीका लागि मात्र नभई स्याङ्गजाका लागि समेत वृन्दावन धामले पर्यटन विकासमा महत्वपुर्ण भुमिका खेल्ने भन्दै पाण्डे परिवारलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा स्याङ्गजाका समाजसेवी पुण्य भुसाल, छविलाल भुसाल , गुल्मीका पत्रकार जगदिश भट्टराई लगायतले पनि धन्यवाद मन्तव्य राखेका थिए । उक्त धाममा सुर्यचन्द्र रहे सम्म ननिभ्ने गरी अखण्ड ध्वनी प्रज्वलित गर्न सुरु गरिएको छ । अखण्ड होम सुरु भए देखि त्यहाँ धार्मिक मानिसहरुको भिड बढ्दै गएको धाम व्यवस्थापन समितिले बताएको छ ।
हस्तान्तरण कार्यक्रममा पाण्डे दम्पत्तीका अलवा छोरी दिपा , छोराहरु बसन्त र विवस पनि अमेरिकाबाट आएका थिए । अखण्ड होम सञ्चालन र त्यस धामको थप विकासका लागि पनि आफुुले सहयोग गर्दै जाने पाण्डेले उद्घोष गरेका छन् । उनले गत वर्ष हर्मिचौरका घरवार विहिन लक्ष्मीकान्त सापकोटालाई पाँच लाख वरावको घर हर्मिचौर ३ मा निर्माण गरी माता सुमित्रा पाण्डेद्धारा हस्तान्तरण गराएका थिए ।
उनले हर्मीचौर उ.मा.वि.लाई पनि एक लाख रुपैयाँ चन्दा प्रदान गरेका छन् । त्यस्तै हर्मीचौर ५ मा रहेको गणेश मन्दिर निर्माणका लागि पनि ४० हजार सहयोग गरेका थिए । वृन्दावन धाम उद्घाटन कार्यक्रममा समाज सेवी पाण्डेलाई वाजगाजा ,भजन कृतन सहित स्थानियले वजार परिक्रम गराएर सम्मान प्रकट गरेका थिए ।