गृहपृष्ठ » मुख्य समाचार, समचारमोबाइलका विषयको विवादमा कैदीबन्दी बीच झडप हुँदा तीनजना घाइते

मोबाइलका विषयको विवादमा कैदीबन्दी बीच झडप हुँदा तीनजना घाइते

March 26, 2016११८ पटक

कञ्चनपुर, चैत १३ । जिल्ला कारागार कञ्चनपुरको महेन्द्रनगरमा कैदीबन्दीहरु बिच झडप भएको छ । झडपमा परी ३ जना कैदीबन्दी घाइते भएका छन् ।
शुक्रवार मोवाईलका विषयमा कारागारमा रहेका कैदीबन्दीहरु बिच झडप भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख तुलसी अधिकारीले जानकारी दिए ।
कैदीबन्दीहरुले कारागार भित्रै मोबाइल फोन प्रयोग गर्दै आइरहेको र मोबाइल राख्ने विषयमा एकआपसमा कुरा नमिल्दा झडप भएको थियो ।
झडप पछि दुवै जना कैदी लाई स्थानान्तरण गर्ने तयारी गरीएको छ भने कारागार भित्र मोवाइल कसरी पुगेको भन्ने विषयमा थप अनुसन्धान गरीने कारागार ब्यवस्थापन शाखाले जनाएको छ ।
९५ जना कैदीबन्दीका लागि बनाइएको जिल्ला कारागार कञ्चनपुरमा हाल २ सय २७ जना कैदीबन्दी रहेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण