गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, शिक्षा, साहित्य, स्वास्थ्यइलामका २३१ जनाले एसएलसी दिन नपाउने

इलामका २३१ जनाले एसएलसी दिन नपाउने

March 26, 2016३२५ पटक

१३ चैत, काठमाडौं । चैत १८ देखि २८ गतेसम्म सञ्चालन हुन लागेको एसएलसी परीक्षामा इलामका २ सय ३१ जना विद्यार्थी सहभागी हुन नपाउने भएका छन् ।
विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका र समयमा परीक्षा दस्तुरबापतको शुल्क नबुझाउने विद्यार्थी सहभागी हुन नपाउने जिल्ला शिक्षा कार्यालय इलामले जनाकारी दिएको छ ।
इलाम नगरपालिकास्थित भगवती मावि गालाखर्कका खुलातर्फका ३१ जना र सुर्योदय नगरपालिकास्थित फिक्कल उच्च माविका २० जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् ।
गत वर्ष पनि ३ सय ७ जनाले परीक्षा दिन पाएका थिएनन् । यो वर्ष ३१ वटा परीक्षा केन्द्रबाट नियमिततर्फ चार हजार ३ सय ६० र एकजाम्टेड तर्फबाट २ हजार ६ सय २३ जना गरी जम्म ६ हजार ९ सय ८३जना विद्यार्थी परीक्षामा सहभागी हुने जिशिकाले जनाएको छ । आजको अन्नपूर्णमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण