ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा महिला हिसांका उजुरी बढ्दै
सागर भण्डारी
बाग्लुंग, चैत्र १३ गते। चालु आर्थिक वर्षको चैत्र महिनासम्म ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा ७० वटा महिला हिसांका उजुरी परेका छन् । यस आर्थिक वर्ष २०७२÷७३ को चैत्र महिनासम्म आईपुग्दा आजसम्म सार्वजनिक अपराधको १,जवरजस्तीकरणीको ३ र बाँकी बहुविवाहको उजुरी परेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरिक्षक नारायण शर्माले जानकारी दिनुभएको छ । जसमध्ये परेका बहुविवाह सम्बन्धी सम्पूर्ण उजुरीलाई जिल्ला प्रहरी कार्यालयबाट फछ्र्यौट भएको उहाँले बताउनुभयो ।
सार्वजनिक अपराधको घटनामा सलंग्न दुई जना जिल्ला कारागरमा जेल सजाय भोगिरहेको र जबरजस्तीकरणीको घटनामा सलग्ंन एक जना भने अझै सम्म फरार रहेको पनि उहाँले जानकारी दिनुभएको छ । अन्य सामान्य उजुरीहरुलाई स्थानीयको छलफल पछि उनीहरु र स्थानीय महिला सरोकारसगं सम्बन्धित सघंसंस्था र उनीहरुकै समझदारी पछि छाडन् गरिएको छ । कार्यालयमा बढी घटना महिला हिंसाको नै आउने गरेको र त्यसमा पनि श्रीमान श्रीमती र सासु बुहारीको घटनामा बढी उजुरी पर्ने गरेको उहाँको भनाई छ ।
श्रीमानले श्रीमतीमाथी कुटपिट गरेको तथा सासुले बुहारीमाथि दमन गरेको र न्याय पाउँ भन्दै बढी उजुरी पर्ने गरेको छ । यसरी हुने घटनाको प्रमुख कारण मदिरा ९रक्सी०सेवन रहेको छ । मदिरा सेवन गरेर धेरै महिला तथा घरेलु हिंशाका घटना बढेको पाईएको उहाँले जानकारी दिनुभएको छ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङले यस क्षेत्रका १६ गाउँ विकास समितिलाई हेर्दै आएको छ ।