गृहपृष्ठ » बिचार/ब्लग, मुख्य समाचार, समचार, साहित्य, स्वास्थ्यझारफुक गरेर सन्तान भष्म गर्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी

झारफुक गरेर सन्तान भष्म गर्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी

March 26, 2016५३६ पटक

ताप्लेजुङ चैत १३ । झारफुक र तन्त्रमन्त्र गरी साखा सन्तान भष्म गरिदिने धम्की दिएको भन्दै ताप्लेजुङका पाँच जना विरुद्ध प्रहरीमा जाहेरी परेको छ ।
ताप्लेजुुङ खेजेनिम गाविसका पाँच जना विरुद्ध तन्त्र मन्त्रले आफू र आफ्नो परिवारलाई सिध्याउने धम्की दिएको भन्दै ७१ वर्षका रामप्रसाद लिम्बुले जाहेरी दिएका हुन् ।
खेजेनिम–३ का लिम्बूले छिमेकीहरु गोपीकृष्ण कार्की, मनजीत अन्छङवो, अमरबहादुर अन्छङवो, रामचन्द्र काम्बाङ र आइतबीर मादेनविरुद्ध जाहेरी दिनुभएको हो । ती पाँचै जनाले झारफुक र तन्त्रमन्त्र गरेर छोराछोरी, साखा सन्तान भष्म गरिदिने र संसारबाटै उडाइदिने धम्की दिएर आफू र आफ्नो परिवारलाई मनोवैज्ञानिक त्रासमा पार्ने काम गरेको जाहेरीमा उल्लेख छ ।
रामप्रसादले आफ्ना पाँच जना छिमेकी विरुद्ध रुढीवादी र अन्धविश्वासी ढंगले समाजमा आतंक फैलाउने र सामाजमा असर गर्ने कार्य गरेको भन्दै कारवाहीको मागसहित किटानी जाहेरी दिएका हुुन् । रामप्रसादले जाहेरीमा कानुनी कारवाहीको माग मात्र गरेका छैनन्, विज्ञानलाई चुनौती दिने उनीहरुलाई मात्र नभएर अन्य व्यक्तिलाई समेत कारवाही गर्न प्रहरीले ध्यान दिन अनुरोध गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयले भने आपसी द्धन्दका कारण एकले अर्कालाई उजुर बाजुर गर्ने मनशायले निबेदन दिएको आशंका गरेको छ । ‘हामी यसबारेमा अनुसन्धान गर्दै छौंं, निबेदनले भने अनुुसार झारफुकले के गर्छ र रु’ डिएसपी रामबहादुर केसीले भन्नुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण