गृहपृष्ठ » मुख्य समाचार, विशेष, साहित्य, स्वास्थ्यलोक तथा दोहोरी गीतको संरक्षणकम युवा पुस्ताहरु पनि लाग्नुपर्छ : पिया

लोक तथा दोहोरी गीतको संरक्षणकम युवा पुस्ताहरु पनि लाग्नुपर्छ : पिया

March 26, 2016३५२ पटक

शिव शर्मा
चितवन, चैत १३ गते । लोक तथा दोहोरी गीतको संरक्षण गर्न युवा पुस्ताहरु पनि लाग्नुपर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवन शाखाका अध्यक्ष शान्तकुमार पियाले बताएका छन् ।
लोक तथा दोहोरी गीतहरुमा हाम्रा संस्कृतीहरु लुकेकाले यस्ता गीत संगीत संरक्षण गर्नु सबैको दायित्व भएको पियाको भनाई छ । प्रतिष्ठानको चितवन शाखाको छैंटौं अधिवेशनको क्रममा बोल्दै पियाले चितवनमा नारायणगढ तथा भरतपुर क्षेत्रका बासिन्दाले लोक गीत प्रति खासै चासो नदेखाएको गुनासो गरेका छन् ।
चितवनकै विभिन्न गाउँ क्षेत्रमा लोक तथा दोहारी गीत संगीत माया गर्ने धेरै दर्शक स्रोता रहेपनि बजारी क्षेत्रमा यसको मोह कम रहेको बताएका छन् ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय संस्थापक अध्यक्ष तथा संरक्षक अमर विरही गुरुङ प्रमुख अतिथि रहेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि गुरुङले लोक तथा दोहोरी गीतको संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन् । यस संस्था हाम्रो घर हो भन्ने भाव राखेर लोक तथा दोहोरी गीत संरक्षणमा कलाकार तथा गायक गायिका लाग्नुपर्नेमा गुरुङले जोड दिएका छन् ।
लोक तथा दोहोरी गीत संगीतमा भित्रिंदै गएको विकृति विसंगति हटाउनु सबैको जिम्मा भएको गुरुङको भनाई छ । विषेशगरी तीजका गीत संगीतमा धेरै विकृति देखिएका कारण यसलाई निर्मुल पानुपर्ने गुरुङले बताए ।
विकृति भित्राउने व्यक्तिलाई प्रोत्साहन गर्न नहुने भन्दै विकृति बोकेका गीतलाई सञ्चार माध्यमबाट प्रशारण नर्गन पनि रुङले आग्रह गरेका छन् । बेला र समय अनुसार मात्र गीत गाउन आग्रह गर्दै कौडा, सालैजो जस्ता गीतमा पनि विकृति भित्रिएको गुरुङले औंल्याएका छन् । साथै नयाँ कार्यसमितिलाई संस्कृति संरक्षण गर्न नयाँ जोश, जांगरसहित काम गर्न पनि गुरुङले आग्रह गरेका छन् ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सदस्य हरिप्रसाद न्यौपानेले नेपाली गीत संस्कृतिमा विदेशी संस्कृतिले प्रवेश पाएकोमा दुःख व्यक्त गरेका छन् । पछिल्लो समयमा मौलिकता झल्कने लोक गीतको माग बढ्दै गएकाले सोही अनुसारका गीत संगीतलाई प्राथमिकता दिनुपर्ने न्यौपानेको भनाई छ ।
कार्यक्रममा प्रतिष्ठानका चितवन शाखाका सचिव अस्मिनकुमार श्रेष्ठले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लोकबहादुर रानाभाट सतिसले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिष्ठानका चितवन शाखाका उपाध्यक्ष आनन्दकुमार रञ्जीतले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम अध्यक्ष शान्तकुमार पियाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिष्ठानको अध्यक्षमा रञ्जित प्रतिष्ठानको चितवन शाखाको छैंटौं अधिवेशनले आनन्दकुमार रञ्जितको अध्क्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षहरुमा आश्विन श्रेष्ठ र लोकबहादुर रानाभाट सतिस, सचिवमा कृष्णप्रसाद भट्टराई, सहसचिवमा उपेन्द्र देवकोटा गोर्खाली र कोषाध्यक्षमा वसन्त लामा चयन भएका छन् ।
यस्तै, अधिवेशनले अन्य ९ जनालाई सदस्यमा मनोनयन गरेको छ । सदस्यहरुमा सुशीला सुनार, जि।बी सुनार, रोशन खड्का, पुष्पकुमार श्रेष्ठ, दशरथ सापकोटा, सरिता घिमिरे, देवी गुरुङ, विजय गुप्ता र चित्रबहादुर गुरुङ रहेका छन् । प्रतिष्ठानको चितवन शाखामा साधारण र आजिवन
गरेर ९२ जना सदस्यहरु आवद्ध रहेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण