गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यनवलपरासीमा बाघको आक्रमणबाट ७ जना घाईते

नवलपरासीमा बाघको आक्रमणबाट ७ जना घाईते

March 28, 2016११३ पटक

शिव शर्मा
नवलपरासी, चैत्र १५ गते नवलपरासीको मधयविन्दु नगरपालिका २ र ४ को बीचमा पर्ने कोल्टाडी भन्ने स्थानमा बाघको आक्रमणबाट ७ जना घाईते भएका छन् ।
स्थनीयलाई उदृत गर्दै प्रहरी चौकीका हरिबहादुर कुमालले दिनुभएको जानकारी अनुसार आईतबार दिउँसो २ बजेतिरको समयमा सबैभन्दा पहिले ५५ वर्षका बुद्धबहादुर गिरीलाई आक्रमण गरेको थियो र त्यस लगत्तै क्रमशः अन्यलाई आक्रमण गरि घाईते बनाएको थियो । अन्य घाईते हुनेहरुमा ५० वर्षका टेकबहादुर थनेत, ४० वर्षका करन महतो, ५० वर्षका शुकराम घर्तीमगर, ३५ वर्षका दिवाकर महतो, नेपाल आर्मी सेहरी
पोष्टका पिउठ ३३ वर्षका कृष्ण थापा क्षेत्री र ४५ वर्षका केवलप्रसाद चौधरी रहेको कुमालले उज्यालो लाल्टिन्लाइ जानकारी दिनुभएको छ । बाघ दिउँसोकेराबारीमा लुकेर बसेको बेला बुद्धिबहादुर बारीमा जाँदा एक्कासी आक्रमण गरेको थियो । सो बाघ अहिले टेकबहादुर थनेतको टौवामुनी बसिरहेको कुमालले जानकारी दिनुभयो । अहिले कोल्टाडीबासिहरु त्रसित बनेका छन ।

कोल्हुवा प्रहरी चौकी, सेहरी पोष्टका नेपाल आर्मी, चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर कार्यालयका कर्मचारीको टोलीले हात्तीको सहाताले बाघलाई नियन्त्रणमा लिने प्रयास भैरहेको समेत कुमालले बताउनुभएको छ । घाईतेहरु सबै मधयविन्दु २ र ४ का स्थानीय रहेको र सबैको स्थानीय अस्पतालमा उपचार भैरहेको समेत कुमालले जानकरी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण