गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति, समचारपुष्पकमल दाहाल भर नभएको नेता भन्दै वैद्य माओवादी बैठकमा घोचपेच र आरोप प्रत्यारोप मात्र

पुष्पकमल दाहाल भर नभएको नेता भन्दै वैद्य माओवादी बैठकमा घोचपेच र आरोप प्रत्यारोप मात्र

March 28, 2016१३९ पटक

१५ चैत, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीको जारी केन्द्रीय समिति बैठकमा चर्काचर्की भएको छ ।
‘पार्टी एकताको आधार खोज्न’ भन्दै आहृवान गरिएको बैठकमा विवाद बढ्दै जाँदा ‘घोचपेच र आरोप प्रत्यारोप’ समेत सुरु भएको छ ।
क्रान्तिकारीहरुसँग एकता आजको आवश्यकता भए पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भर नभएको नेता भएको आरोप लगाउदै उनलाई कसरी विश्वास गरेर जाने ? भन्दै केन्द्रीय सदस्यहरुले प्रश्न उठाएका छन् ।
एमाओवादीसँग सिद्धान्तनिष्ठ एकता गर्ने कि निरपैक्षा एकता रु भन्नेबारे बहस चलिरहँदा अधिकांश केन्द्रीय सदस्य एकताको पक्षमा उभिए पनि दाहालको चरित्र र व्यवहारप्रति भने रुष्ट देखिएको एक केन्द्रीय सदस्यदे बताए ।
दाहालकै कारण सिद्धान्त र विचार टुंगो नलगाई पार्टी एकता गर्दा उनीहरुबाट धोका हुने भन्दै एकता अघि नै सबै विषय मिलाउनुपर्ने आवाज उठेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण