गृहपृष्ठ » मुख्य समाचार, स्वास्थ्यरेडियो पुष्पाञ्जलीद्धारा शोक सभा

रेडियो पुष्पाञ्जलीद्धारा शोक सभा

March 28, 2016८१ पटक

अनिश शर्मा गैरे
गुल्मी, चैत्र १५ गते । रेडियोका सेयर सदस्य डिलाराम खरेलको पुजनिय पिता देउपती खरेलको निधनप्रति दुख ब्यक्त गर्दै आज रेडियोले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

रेडियो सञ्चालक समितिका अध्यक्ष सुदर्शन शाक्यको सभापतित्व रहेको कार्यक्रममा समितिका सचिब सरोज राज बौद्धाचार्य, दुर्गा भवन उमाबि आँपचौरका शिक्षक बिष्णु भट्टराईले शोक मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा सञ्चालका समितिका कोषाध्यक्ष दिनेश खाती, सदस्य सुन्दर प्रधान, कर्मचारी, , सेयर सदस्य रामचन्द्र सापकोटा, समाजसेबी लगायतको उपस्थिती रहेको कार्यक्रममा बोल्दै सभापति सुदर्शन शाक्यले समबेदना पत्र बाचन गर्दै उहाँले समाजमा पुर्याएको योगदानको बारेमा चचौ परिचर्चा गर्नुभएको थियो ।

आफ्नै निवासमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कार्यकारी प्रमुख कौरब खत्रीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण