गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्यगुल्मीबाट ६ हजार भन्दा वढी बिद्यार्थी एसएलसी सहभागी हुने

गुल्मीबाट ६ हजार भन्दा वढी बिद्यार्थी एसएलसी सहभागी हुने

March 29, 2016१४२ पटक

अनिल खत्री, गुल्मी चैत्र १६ ।
जिल्ला शिक्षा कार्यालय गुल्मीले चैत्र १८ गतेबाट सुरु हुन लागेको एस एल सी परिक्षा २०७२ को सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

download (1)

कार्यालयले सोमबार पत्रकारहरुसंग गरेको अन्र्तक्रिया कार्याक्रममा परिक्षाको सम्पुर्ण तयारी पुरा भएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जानकारी दिनुभयो । यस वर्ष गुल्मीबाट कुल ६ हजार ५ सय १ बिद्यार्थीले परिक्षा दिने भएका छन् । कुल बिद्यार्थी मध्ये नियमित तर्फ ४ हजार ८ सय ६ जना बिद्यार्थी ससहभागी हुने भएका छन् । जस मध्ये छात्रा तर्फ २ हजार ४ सय ९४ जना छन् भने छात्र तर्फ २ हजार ३ सय १२ जना बिद्यार्थी रहेका छन् । एगजाम्टेड तर्फ १ हजार ६ सय ४५ जना बिद्यार्थी सहभागी हुने भएका छन् ।
जस मध्ये छात्रा तर्फ १ हजार १ सय ४६ जना, छात्र तर्फ ४ सय ९९ जना बिद्यार्थी रहेको जिल्ला शिक्षा कार्यालय गुल्मीका शाखा अधिकृत हरिप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । यस वर्ष गुल्मीबाट प्राबिधिक तर्फ ५० जान बिद्यार्थी सहभागि हुने भएका छन् । जिल्लामा रहेका दुई वटा बिद्यालयमा प्राबिधिक तर्फको पढाई हुने बिद्यालयका बिद्यार्थीहरु सहभागि हुने भएका हुन । जिल्लाको शन्तिपुरमा रहेको उदय उच्च माबि बाट कृषि तर्फका २५ जना बिद्यार्थी र जनाज्योति माबि रिमुवाबाट शिबिलइन्जिनेरिङ्ग तर्फका २५ जना बिद्यार्थीले प्राबिधिक तर्फबाट एस एससी परिक्षामा सहभागिता जनाउने भएका हुन । जिल्लाबाट यसवर्ष ९२ बिद्यार्थीले परिक्षा दिन नपाउने भएका छन् । जस मध्ये छात्रा ६० जना र छात्र ३२ जना रहेका छन् । जिल्लाका बिभिन्न बिद्यालयमा रहेका बिद्यार्थीहरु अयोग्य भएको जिल्ला शिक्षा कार्यलय गुल्मीले जनाएको छ ।
परिक्षा दिन का लागि कम्तीमा पनि ७५ प्रतिसत हाजिरि हुनु पर्ने मा हाजिरि प्रतिशत नपुगेका कारण परिक्षा बाट बन्चीत हुन लागेकोे जिल्ला शिक्षा अधिकारी खनालले जानकारी दिनुभयो । गुल्मी जिल्लामा बिभिन्न स्थानमा ३० बटा परिक्षा केन्द्र बाट परिक्षा संञ्चालन हुँदै छ । परिक्षाको सबै तयारी पुरा भएको सबै केन्द्रमा प्रश्न पत्र उत्तर पुस्तीका पुगि सकेको र परिक्षा लाइ मर्यादित रुपमा सम्पन्न गर्न सहयोग को लागी गुल्मीका सम्पुर्ण सरोकारवाला निकायलाई जिल्ला शिक्षा कार्यलय गुल्मीले अनुरोध समेत गरेको छ । परिक्षालाई मर्यादित बनाउन स्रोत व्यक्ती, बिद्यालय निरिक्षक र पेसागत संघ संगठनका अध्यक्षलाई अनुगमन कर्तामा राखिएको जिल्ला शिक्षा कार्यलय गुल्मीले जनाएको छ ।
गुल्मीबाट १ सय ३८ वटा बिद्यालयले एस एलसी परिक्षामा सहभागित जनाउने भएका छन् । जिल्लाबाट सामुदायिक तर्फ १ सय १९ वटा बिद्यालय र संस्थागत तर्फ १९ वटा बिद्यालयले परिक्षामा सहभागिता जनाउने जिल्ला शिक्षा कार्यालय गुल्मीका साहयक जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डेयले जानकारी दिनुभयो । परिक्षा सञ्चालन गर्न गुल्मीमा ३० जना केन्द्रअध्यक्ष, ३४ जना साहयक केन्द्रअध्यक्ष, २ सय ८० जना निरिक्षक र १ सय ४६ जना साहयक कर्मचारी परिचालन हुने जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । बिद्यार्थीलाई शान्तपूर्ण वातावरणमा मर्यादित रुपमा परिक्षा दिन जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले आग्रह गर्नु भएको छ । बिद्यार्थीलाई खानपान पनि बिशेष ध्यानदिन उहाँले आग्रह गर्नुभयो । गत वर्ष गुल्मीबाट नियमित ४ हजार १ सय ९७ जना बिद्यार्थीहरु सहभागी भएका थिए भने प्राबिधिक तर्फ ५७ जना बिद्यार्थीहरुले परिक्षा दिएका थिए । जिल्लाका बिभिन्न स्थानमा संञ्चालित परिक्षामा २ सय ३५ जना निरिक्षकहरु खटिएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण