गुल्मीको रुरु क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी
पौराणिककालदेखि पवित्र तीर्थस्थलका रुपमा रहेको नेपालको रुरु क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पुरातत्व विभागले तीन महिनाभित्र आधार तय गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार आयोजना गरेको ‘रुरु निर्माण योजना तथा रुरु क्षेत्रको पर्यटकीय विकास’ विषयको अन्तरक्रियामा तीन महिनाभित्र आधार तय गर्ने जानकारी दिइएको हो।
त्यस्तै, सो क्षेत्रको समग्र विकासका लागि अहिलेसम्म भएका योजनालाई अध्यावधिक गर्दै तीन महिनाभित्र गुरुयोजना निर्माण गरिने छ। रिडीमा स्नान घाट, सार्वजनिक शौचालय निर्माण गर्न, प्राथमिकीकरण गरेर मठ मन्दिर मर्मत गर्न र जग्गा अधिग्रहण गर्न आगामी आर्थिक वर्षमा बजेट छुट्याउने पहल गर्ने विषयमा छलफल भएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालमा साहसिक पर्यटनको क्षेत्रमा राम्रो काम भइरहेको भएपनि धार्मिक पर्यटनको क्षेत्रमा गर्नुपर्ने जति काम हुन नसकेको बताए।
खासखास क्षेत्रको राम्रो प्रचार गर्नसकिए दुई÷चार वर्षमै २० लाख पर्यटक भित्र्याउन सकिने उनको भनाइ थियो।
नेकपा ९एमाले० का सचिव प्रदीपकुमार ज्ञवालीले रुरु र रेसुङ्गा दुवै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएकाले गुरु योजना निर्माण गरी विकासका काम अघि बढाउन जरुरी रहेको वताए। नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रचार–प्रसारमा जोड दिनुपर्ने बताए।
पूर्व मुख्य सचिव लीलामणि पौडेलले पर्यटन मन्त्रालयले ऊर्जा मन्त्रालयसँग पहल गरेर रुरु तालको एक वर्षभित्र सम्भाव्यता अध्ययन गरिसक्नुपर्ने बताए। रासस
पौराणिक काल देखी पवित्र तिर्थस्थलको रूपमा परिचित रुरुक्षेत्र (रिडी) गुल्मी पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल हो।
रुरु क्षेत्रको बारेमा थप जानकारीका लागि :