गृहपृष्ठ » अार्थिक, मुख्य समाचारदुई पुस्ता देखि राँगो पालन नै मुख्य पेशा

दुई पुस्ता देखि राँगो पालन नै मुख्य पेशा

March 29, 2016१४० पटक

प्रेम सुनार
गुल्मी, चैत्र–१६ । ‘भराहका आँटीघरे’ भन्न वित्तिकै राँगो पाल्ने घर भनेर गत दुई पुस्ता देखि त्यस भेगका मानिसहरुले चिन्ने गर्दछन् । उनका बावुले पनि राँगो पालनलाई मुख्य पेशा बनाए । अहिले उनका छोराले पनि राँगै पालेर जिविका चलाएका छन् । त्यो परिवार हो गुल्मीको वडागाउँ–७ भराह निवासी वाशुदेव रिजाल परिवार ।

basu
उनका पिता टिकाराम रिजालले पनि जन्मे हुर्के देखि ७२ वर्षको उमेर सम्म झण्डै साठी वटा जति राँगाहरु अदली वदली गर्दै पालेर त्यस्तैबाट छोराछोरीको पालन पोषण र पठन पाठन गराए । त्यसको कमाईले उनले ऋण लगानी समेत गरे गाउँमा । अहिले उनका छोरा वाशुदेवले पनि राँगो पालेरै घर परिवार चलाएका छन् । अहिले उनले स्वर्गिय पिता टिकारामले किनेका सहित ७० औं राँगोका रुपमा बडागाउँबाट उन्नत जातको राँगो ३५ हजारमा किनेर ल्याएका छन् ।
त्यो राँगो सिङ्गो बडागाउँ गाविस छिमेकी मुसिकोट गाविस र पारी हस्तीचौरको खरे, जिउरकाटे मल्दी सम्मका भैसी प्रजननका लागि वाशुदेवले पुराउने गरेका छन् । ‘४४ वर्षको भएँ वुवा छउञ्जेल पनि राँगोपालनमा सघाएँ’– वाशुदेवले भने–‘ उहाँको शेखापछि त्यो पिडो थेग्दै आएकोछु यसैबाट घर गुजारा राम्रै चलेको छ । ’ धेरै पटक आफन्तजनले कोरिया जापन जस्तो ठाउँमा बोलाउछु भने तर मलाई त्यहाँको कमाई भन्दा यहि राँगाको कमाई राम्रो लाग्यो’– उनले थपे –‘ खर्च कटाएर वर्षमा डेढ लाख भन्दा बढि आम्दानी हुने गरेको छ ।’
उनले वर्षमा दुई सय ५० वटा सम्म भैसीले आफ्नो राँगाबाट गर्भधारण गर्ने र प्रति भैसी ७ सयका दरले शुल्क लिने गरेको बताए । उनलाई ति तिनवटा गाविसमा आँटीघरे साईलाका नामले चिनिन्छ । उनी विहान सवैरै उठ्ने र राती अवेर सम्म राँगो लिएर विभिन्न गाउँमा पुग्ने गर्दछन् ।
‘ साँझपख गाउँतिर राँगो लिएर रजाने तयारीमा रहेका वाशुदेवले भने –‘भ्याई नभ्याई छ , साँझ विहान भन्न पाउँदिन , राँगो पालनमा निकै सुसार चाहिन्छ अरु गाई भैसी पालन जस्तो होईन खट्न पनि बढि पर्छ पैसा पनि राम्रै आउछ । ’ उनको वाल्यपन देखि अहिले सम्मको अनुभवमा अहिले मानिसहरुले पहिलेको तुलनामा भैसी कम पाल्न थालेका छन् ।
छोराहरु वैदेशिक रोजगारमा , बुहारीहरु शहरमा अहिले भैसी पालन बुढाबुढीको काँधमा मात्रै रहेकोले कम हुन थालेको उनको बुझाई छ । ‘अर्को कुरा शहर बजारमा गाउँका भैसीहरु राँगाका रुपमा सुकुटी बनाउनका लागि राँतौरात दलालहरुले लैजाने गरेकोले पनि विस्तारै गाउँमा भैसी र त्यसको दुधको कमी हुदै जाने देखिन्छ ’– वाशुदेवले भने–यो कुरा प्रशासनले राक्नु पर्ने हो । ’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण