गृहपृष्ठ » अार्थिक, कृषि, मनोरञ्जन, मुख्य समाचार, शिक्षा, सूचना प्रविधी, स्वास्थ्यगुल्मीको वामीमा गाउँ नै माहुरीमय

गुल्मीको वामीमा गाउँ नै माहुरीमय

March 29, 2016६६० पटक

कमल पौडेल
गुल्मी, चैत्र १६ गते । गुल्मीको वामी ७, र ८ मालारानीमा आज एक कार्यक्रमका विच कृषकहरुलाइ ६० घार गोला सहितको माहुरी वितरण गरिएको छ। लक्ष्मी नारायण महिला कृषि सहकारी संस्था लिमिटेड वामी गुल्मीको समन्वय तथा जिल्ला कृषि विकास कार्यालय गुल्मीको सहयोगमा सो माहुरी वितरण गरिएको हो । मालारानी गाउँलाई माहुरीमा स्रोत केन्द्रको रुपमा विकास गर्ने उद्धेश्यले प्रत्यकघरमा माहुरी पुर्याउन लागिएको कृषि विकास कार्यालयले जनाएको छ।
मंगलवार भएको कार्यक्रममा व्यावस्थापिका संसदका सांसद दिलसोभा पुनले कृषकहरुलाई माहुरिका घार वितरण गर्दै अव सवै आर्थिक संम्वृद्धिमा लाग्नुपर्ने वताउनु भएको छ। पुनले अहिले सम्म राजनैतिक क्रान्तिमा लाग्नु परेको तर नयाँ संविधान संगै एक युग समाप्त भएकोले अवको वाटो आर्थिक सम्बृद्धिको हुनु पर्ने वताउनु भएको छ। कृषि को दिगो विकास वाट मात्रै सम्वृद्धि सम्भव भएको भन्दै पुनले मालारानीमा भएको माहुरीको विकास उल्लेख्य भएको भन्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ। संविधानले सवैको अधिकार संस्थागत गरेको भन्दै अव महिला नेतृत्वका लागी तयार हुनु पर्ने वताउनु भएको छ। एक फरक प्रसंगमा पुनले मालारानीको घाटु नाचको प्रचार गर्न आवश्यक रहेको भन्दै घाटु संस्कृति संरक्षणको लागी आवश्यक पहल गर्ने वताउनु भएको छ ।
कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय गुल्मीका वागवानि अधिकृत पशुपति सिंह, वामीका पूर्व गाविस अध्यक्ष महेश वहादुर जि.सि., वालि संरक्षण अधिकृत सपना पन्थी, वामी कृषि सहकारी संस्थाका उपाध्यक्ष नारायण सापकोटा, कृषि सम्पर्क केन्द्र वामीका प्रमुख विरेन्द्र रावत, मालारानी मौरीपालन केन्द्रका संयोजक चुमा घर्ति मगर, लगाएतले वोल्नु भएको थियो । कार्यक्रम लक्ष्मी नारायण महिला कृषि सहकारी संस्थाका अध्यक्ष दिल कुमारी मल्लको अध्यक्षता, सदस्य हरिमाया छन्त्यालको स्वागत मन्तव्य तथा सचिव यमुना घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा जनजाति महासंघको तर्फवाट मालारानिको प्रसिद्ध घाटु नाचको प्रस्तुति गरिएको थियो । वामी मालारानीलाई एक घर एक माहुरी अभियान अन्तर्गत ९० प्रतिशत परिवारमा माहुरी घार पुराइएको माहुरी व्यावसायी चुमा घर्तिले वताउनु भएको छ

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण