गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचार, समचार, स्वास्थ्यसुनौली भैरहवा नाकाबाट पेट्रोलियम पदार्थ आयात बढयो

सुनौली भैरहवा नाकाबाट पेट्रोलियम पदार्थ आयात बढयो

March 29, 2016४१६ पटक

भैरहवा, चैत्र १६ । सुनौली भैरहवा नाकाबाट नेपालले माग गरे अनुरुप पेट्रोलियम पदार्थ सहज रुपमा भित्रिइरहेको छ । होली अघिका पछि यस नाकाबाट पेट्रोलियम पदार्थ केही बढि परिमाणमा भित्रिएको छ ।
नेपाल आयल निगम पश्चिमाञ्चल कार्यालय भलवारीका अनुसार, होलीको वेला छुट्टी भएकाले गत बिहीवार र शुक्रबार भारतीय आयल निगमले लोड दिएको थिएन । शनिबार १९ ट्याङ्कर डिजेल र ७ ट्याङ्कर पेट्रोल भित्रिएको थियो । आइतवार छुट्टी भएकाले लोड भएको थिएन । सोमबार १३ ट्याङ्कर पेट्रोल र ४६ ट्याङ्कर डिजेल भित्रिएको थियो । आज १७ ट्याङ्कर पेट्रोल र ५१ ट्याङ्कर डिजेल भित्रिएको छ ।
कार्यालयका क्षेत्रिय प्रबन्धक अशोक शाहले होली अघि भन्दा होलीपछि विगतमा दिने भन्दा धेरै पेट्रोलियम पदार्थको लोड भारतीय आयल निगमले दिन थालेको र मंगलबार भैरहवा नाकाबाट भित्रिएको केही परिमाणको पेट्रोलियम पदार्थ काठमाडौं र पोखराका लागि पठाइएको बताए ।
मंगलबार भैरहवाबाट १ लाख लिटर पेट्रोल काठमाडौं र २० हजार लिटर पेट्रोल पोखराका लागि पठाइएको छ ।
शाहले पहिला प्रतिदिन ७ लाख लिटर डिजेल माग गर्ने गरिएकोमा सोमबार ८ लाख ५० हजार लिटर र मंगलबार ९ लाख ३० हजार डिजेल र पेट्रोल प्रतिदिन १ लाख लिटरको सट्टा सोमबार २ लाख ८६ हजार लिटर र आज २ लाख ७६ हजार लिटर भित्रिएको जानकारी दिए । ग्यासको बुलेटपनि सोमवार ४ वटा र मंगलबार ६ वटा भित्रिएको छ । पछिल्ला दिनमा रुपन्देही र नवलपरासीमा रहेका ५ वटा ग्यास उद्योगलेमात्र आफूलाई आवश्यक पर्ने ग्यास सुनौली–भैरहवा नाकाबाट मगाउने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण