गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति, समचारअख्तियारको डर, विनियोजित बजेट सम्म खर्च भएन

अख्तियारको डर, विनियोजित बजेट सम्म खर्च भएन

March 30, 2016१५१ पटक

१७ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डरले चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको करिब ३५ प्रतिशत बजेट फज हुने भएको छ ।download (2)
स्वास्थ्य मन्त्रालय र मातहतका अधिकांश निकाय र कर्मचारीले अख्तियारको केरकारमा पर्ने डरले नयाँ काममा हात नहाल्दा चालू आर्थिक वर्षको अन्तिम चौमासिक सुरु भइ
सक्दा पनि कुल बजेटको २९ प्रतिशत रुपैयाँ मात्र खर्च भएको छ ।
मन्त्रालयको कारोबार लेखा तथा बजेट नियन्त्रण प्रणलीअनुसार स्वास्थ्यका लागि चालू आर्थिक वर्षका लागि छुट्याइएको ३६ अर्ब ७२ करोड ९५ लाख रुपैयाँमध्ये हालसम्म १० अर्ब ६० करोड मात्रै खर्च भएको छ ।
स्रोतका अनुसार पछिल्ला वर्षमा अख्तियारको डरले सक्वन्धित शाखाका प्रमुख र कर्मचारीले समयमै खरिद प्रक्रिया टुंगो लगाउन नसक्दा बजेट फ्रिज हुने क्रम बढ्दै गएको छ ।
अख्तियारको डरले कसैले काम गरेका छैनन् । सवैजना दिक्क मानेर बसछन् स्वास्थ्य मन्त्रालय उच्च स्रोतले भन्यो । आजको अन्नपूर्णमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण