गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारप्रहरीलाई चिन्ता तस्करीको तेल कहाँ राख्ने ?

प्रहरीलाई चिन्ता तस्करीको तेल कहाँ राख्ने ?

March 30, 2016११७ पटक

१७ चैत । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बरमल गरेको तस्करीको डिजेल र पेट्रोल राख्न समस्या भएको जनाएको छ ।petrol-1
जिल्ला प्रशासन कार्यालय मकवानपुरले समयमा नै लिलाी नगर्दा बरामद गरेको तस्करीको डिजल र पेट्रोल राख्न समस्या भएको मकवानपुर प्रहरी प्रमुख मीरा चौधरीले बताउनुभयो ।
चैत तीन गते लिलामीको प्रक्रिया अघि बढाइदिन पत्र लेखे पनि हालसम्म प्रशासनले लिलामी नगर्दा तस्करीको तेलको सुरक्षा गर्न समस्या परेको उनको भनाइ छ ।
सुरक्षित स्थानको अभावमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय पशुपतिनगर र रातोमाटे चेकपोस्टको खुला चौरमा बरामद गरेको तेल राखिएको चौधरीले बताइन् ।आजको अन्नपूर्णमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण