गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समचार११ दिने नेपाल बसाईपछि बेलायती राजकुमार ह्यारी आज फर्कने

११ दिने नेपाल बसाईपछि बेलायती राजकुमार ह्यारी आज फर्कने

March 30, 2016२४३ पटक

चैत्र १७ गते । बेलायती राजकुमार ह्यारी ११ दिने नेपाल बसाइ सकेर बुधबार बेलुका स्वदेश फर्किने भएका छन् । काठमाडौंस्थित बेलायती दूतावास स्रोतका अनुसार ह्यारी बेलुका सवा नौ बजेको कतार एयरवेजको विमानबाट स्वदेश फर्किने भएका हुन् । download (2)
ह्यारी मंगलबार अपराह्न गोरखाको लापु गाविसबाट काठमाडौं आएका थिए । उनी लैनचौरस्थित बेलायती दूतावासमै बसेका छन् ।
‘ह्यारी गोरखाबाट काठमाडौं आएको र आज स्वदेश फर्किने कार्यक्रमलाई दरबारले खासै प्रचार गर्न चाहेको छैनु, एक सरकारी अधिकारीले अन्नपूर्णसँग भने । ह्यारीलाई नेपाल सरकारले दिएको सुरक्षासमेत ह्यारीले गोरखा गएकै दिनदेखि नलिएको ती अधिकारीले बताए ।
बेलायती राजकुमार ह्यारी चैत ६ गते नेपालको औपचारिक भ्रमणमा आएका थिए । औपचारिक भ्रमण सकिएपछि पनि उनले आफू नेपालको सौन्दर्यबाट प्रभावित भएको र नेपाललाई अझै सहयोग गर्न चाहेको भन्दै बसाइ ६ दिन लम्ब्याएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण