अर्घाखाँचीमा ६८ जना एसएलसी दिनबाट वञ्चित, छात्राहरुलाई छुट्टै शौचालयकोे व्यवस्था
घनश्याम पौडेल
अर्घाखाँची, चैत्र १७, अर्घाखाँचीमा एसएलसीको परीक्षामा छात्राहरुको लागि छुट्टै शौचालयको व्यवस्था गरिएकोे छ । छात्राहरुलाई छात्रहरुले प्रयोग गर्ने शौचालय प्रयोग गर्न अफ्टेरो र अड हुने भएकाले जिल्लाका १७ वटै केन्द्रमा छुट्टै शौचालयको ब्यवस्था गरिएकोे जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीले बताउनु भयो । सबै केन्द्रहरुमा छात्राहरुलाई आवस्यक परेको खण्डमा सेनेटरी प्याडको समेत व्यवस्था गरिएको उहाको भनाई छ ।
जिल्लामा यस वर्ष १७ वटा परीक्षा केन्द्रमा नियमित र ईक्जामटेड तर्फ रहि ४८ सय ७७ जना विद्यार्थीहरुले एसएलसी परीक्षा दिन थालेको जिल्ला शिक्षा कार्यलयका कम्प्युटर अपरेटर कृष्ण बर्माले बताउनु भयो । जसमा दुई हजार आठ सय ५१ जना छात्राहरु रहेका छन । जिल्लामा यस वर्ष ६८ जनाले एसएलसीको परीक्षा दिन नपाउने भएका छन । ७५ प्रतिशत हाजिर नभएको कारण उनीहरुले एसएलसीको परीक्षा दिन नपाउने भएका हुन । एसएलसी परीक्षाको लागि १७ जना केन्द्राध्यक्ष, २३ जना सहायक केन्द्राध्यक्ष, दुई सय १७ जना शिक्षक र एक सय ७० जना सुरक्षाकर्मि परिचालन वताइएको छ ।