रूखले किचेर एक कामदारको मृत्यु
मोरङ, चैत १७ । मोरङको मधुमल्ला–२ स्थित मावा नुनसरी सामुदायिक वनमा बुधबार बिहान रूखले किचेर एक कामदारको घटनास्थलमै मृत्यु भएको छ ।
बिहान ९ बजे वनमा रहेको रूख काट्ने क्रममा मधुमल्ला–६ का ४० वर्षीय काजी विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए ।
सामुदायिक वनले वनभित्र रहेका पुराना रूख कटान गर्न कामदार खटाएको थियो । मृतक विकको शवपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारे, उर्लाबारीमा राखिएको छ । (रासस)