गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यहोसियार, आफ्नै नातेदार पनि महिला बेच्ने दलाल हुन सक्छन् !

होसियार, आफ्नै नातेदार पनि महिला बेच्ने दलाल हुन सक्छन् !

August 10, 2015४२२ पटक

mahila worker
मेलम्ची, २५ साउन-भूकम्पपछि महिला तथा बालबालिका बेचबिखनमा वृद्धि भएको छ ।

पछिल्लो समय सिन्धुपाल्चोक जिल्लाका सात महिलालाई भारतबाट उद्धार गरी नेपाल फर्काइएको छ ।

भूकम्प प्रभावित जिल्लाको अध्ययन प्रतिवेदन, २०७२ अनुसार अतिप्रभावित जिल्लामा आफ्नै नातेदारबाट महिलालाई बेचबिखन गरिएको उल्लेख गरिएको छ ।

अन्तरपार्टी महिला सञ्जालका अनुसार जिल्लामा मानव बेचबिखन गर्ने दलालको सक्रियता बढेको छ ।

बेचबिखनमा परेका जिल्लामा थुपै्र महिलालाई यस अगाडि पनि विभिन्न स्थानबाट उद्धार गरिएको थियो ।

युवतीलाई भारतको नयाँदिल्ली हुँदै अत्यन्त जोखिमपूर्ण तेस्रो मुलुक लैजान लागिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण